इटहरी । पुर्वकै विकसीत सहरका रुपमा रहेको इटहरी उपमहानगरपालिकाको ग्रामिण क्षेत्रमा पर्ने ब्रहपुरका सर्वसाधारणलाई लक्षित गरि एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

इटहरी उपमहानगरपालिकाको वडा नम्वर १९मा पर्ने ब्रहपुरमा अन्तराष्ट्यि युवा दिवसको अवसर पारेर (ट्वीटेरियन सोसाइटी) इटहरीले निशुल्क स्वास्थ्य शिवीर आयोजना गरेको हो ।

ग्रामिण क्षेत्रमा रहेको स्वास्थ्य सेवा दिन समेत टाढा पुग्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै सो वस्तीका सर्वधारणहरुले गाउँमै सेवा दिने लक्ष्यले एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको आयोजक संस्थाका हिरा आर्चायले जानकारी दिए । शिविरमा फिजिसिएन तथा दन्त रोगको उपचारको व्यवस्था मिलाइएको समेत आर्चायले वताए । शिविरमा ७० जना बालवालिका देखि जेष्ठनागरिकहरु समेत स्वास्थ्य सेवा लिएका थिए ।

स्वास्थ्य शिविरमा नितान्त पोलीक्लिनीक तरहराले प्राविधिक सहयोग पुर्याएको थियो । पोलीक्लिनिकका चिकित्सकहरु राजिव गिरी ,सुजन भट्टराई ,योगेन्द्र बस्नेत लगायतले विरामीहरुको परिक्षण गरेका थिए । शिविरमा उपचारका लागि आउने विरामीहरुलाई निशुल्क सुगर परिक्षण तथा औषधि समेत निशुल्क वितरण गरिएको थियो । शिविरका लागि औषधि युवा विकास केन्द्र इटहरी र नितान्त पोलीक्लिनिकले उपलव्ध गराइएको वताइएको छ ।

तपाईको प्रतिक्रिया