बिपेन्द्र गौतम
पाँचथर । केही बर्षयता आएर पुर्र्बी पहाडी जिल्लाहरुमा पनि कुकुरा पालक कृषकहरुको आर्कषण बढेसंगै कुकुरा पालक कृषकहरुलाई बिभिन्न प्राबिधिक ज्ञान दिने र स्वस्थ्य कुखुरा उत्पादन गर्ने उद्देश्यले पाँचथरको फिदिममा एक दिने तालिम दिएको छ । कुखुरा पालनमा प्राबिधिक ज्ञान नहुदाँ समय भन्दा कुखुराले बढी चारो खाने, समयमा नबढ्ने र तौलमा कमी, स्वस्थ कुकुरा उत्पादन नहुने लगायतका समस्याका कारण कुकुराले राम्रो बजार पाउन नसक्ने जस्ता समस्याका कारण यसप्रकारको तालिम प्रदान गरिएको तालिम आयोजक संस्था नेपाल हेपहोप एग्ग्री टेक प्रा. लि. का सहजकर्ता डा. बिनोद गुप्ताले बताउनुभयो । सो तालिमको सहजीकरण डा. गणेश बन्जरा, कुखुरा सम्बन्धी चाइजिन बिशेषज्ञ झाइजिवो लगायतका ब्यक्तिहरुले गर्नुभएको थियो । तालिममा पाँचथर जिल्लाका ४५ जना कुखुरा पालक कृषकहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया