धरान, २६ साउन ः भक्तजनहरुको सुरक्षालाई मध्यनजर गरी धरान १४ विजयपुरका मन्दिरहरुमा सिसी क्यामेरा जडान शुरु गरिएको छ ।
पहिलो चरण अन्तर्गत धरान उपमहानगरपालिका वडा नं. १४ र पिण्डेश्वर बाबाधाम समितिको संयुक्त पहलमा बोलबममा आउने भक्तजनहरुलाई लक्षित गरी मन्दिरका विभिन्न भागमा ४ वटा सिसी क्यामेरा जडान गरिएको हो ।
पिण्डेश्वर मन्दिरमा जल चढाउृने भीड बढ्न थालेपछि त्यहा आउने भक्तजनको सुरक्षालाई मध्यनजर गरी विजयपुरमा रहेका मठ मन्दिरमा श्रद्धालु भक्तजनहरुको आगमनमा उल्लेख्य वृद्धि भएसंगै प्रत्येक मन्दिरमा सिसी क्यामरा जडान गर्ने अभियान अगाडि बढाइएको हो ।

सिसी क्यामेराको उद्घाटन प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले गर्नुभएको छ । जडान गरिएको सिसी क्यामेरा चार भागमा लक्षित गरिएको छ । पिण्डेश्वर मन्दिर प्रांगरणमा भएको गणेश मन्दिर, सरस्वती सरोवर, पिण्डेश्वर मन्दिर परिषरभित्र र बाहिर जडान गरिएको हो । सिसी क्यामरा जडानपश्चात प्रत्येक बर्ष साउन महिनामा पिण्डेशवर मन्दिरमा सुनसरीको चतराको सप्तकोशीबाट जल चलाउने भक्तजनहरुको संख्यामा वृद्धि हुदै गएपछि भक्तजनको सुरक्षासंगै लाइनमा लागेका समयमा भक्तजनलाई भइपरी आउदा तत्काल उद्धार गर्न सहज हुने पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताएका छन ।
मन्दिरै मन्दिर भएको विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारले समेत सहयोग गर्न थालेको छ । यस बर्ष संघीय सरकारले धरानका मठमन्दिरका विकासका लागि १ लाख १० हजार रुपैया बजेट विनियोजन समेत गरेको छ । जस अनुसार पिण्डेशश्वर मन्दिर, दन्तकाली मन्दिर र बुढासुब्बा मन्दिरका लागि ३०÷३० हजार छुट्याइएको छ भने पञ्चकन्या मन्दिरका लागि १० लाख बजेट छुट्याइएको छ ।
विजयपुरको समग्र विकासमा प्रदेश सरकार गम्भीर भएर लागेको प्रदेश नंं १ का सभामुख प्रदीपकुमार भण्डारीले बताउनुभयो । उहाले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।
उद्घाटन कार्यक्रममा प्रदेश नं १ का पर्यटनमन्त्री जगदिश कुसैयतले धरानको विकासमा प्रदेश सरकारले जतिबेला पनि सहयोग पु¥याउने बताउनुभयो ।
सोही कार्यक्रममा शुक्रबारदेखि ५ दिनसम्म चल्ने महाआरतीको समेत सभामुख कार्कीले आरती गर्दै शुरुवात गर्नु भएको छ । विगतमा भारतको वनासर, काठमाण्डौको पशुपति नाथमामात्र हुने महाआरती गत बर्षदेखि पनि विगतमा वनारसबाट ल्याएका पण्डितका कारण आरतीमा समस्या आएपछि यस बर्षदेखि भने स्थानीय तीन जना पण्डितबाट आरतीको शुरुवात गरिएको हो ।

तपाईको प्रतिक्रिया