सुनसरी/ अघिपछि कति छिटो बाइक कुदाउने भनेर होडबाजी गर्ने युवाहरु शुक्रबार भने सबैभन्दा ढिलो बाइक चलाउन सडकमा प्रतिस्पर्धा गरिरहेका थिए । आफ्ना प्रतिस्पर्धी साथीले भन्दा बढी समय लगाएर निर्धा्रित दुरी पार गर्न युवाहरु लालायित देखिएका थिए । अन्तराष्ट्रिय युवा दिवस सप्ताहको अवसरमा रोटयाक्ट क्लव अफ इटहरीको आयोजनामा स्लो वाइक रेसिङ्ग प्रतियोगिता सम्पन्न भएको छ ।

इटहरी स्थित पशुपती चौकमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता सुनसरीको झुम्का ,इनरुवा हाँसपोसा क्षेत्रबाट युवाहरुको उल्लेख्य सहभागीता रहेको थियो । युवाहरुलाई परीचालन गर्दै ट्राफ्रिक सचेतनाका लागी सहयोग पुर्याउने उदेश्यले प्रतियोगिता आयोजना गरेको रोटयाक्ट क्लव अफ इटहरीको नि वर्तमान अध्यक्ष बिकल पौडेलले वताए ।
४४ जना सहभागी रहेको स्लो बाइक रेस प्रतियोगितामा प्रबेस प्रधान, कुलराज क्षेत्री र राजेस बानीयाले ग प्रथम,द्धितिय र तृतिय स्थान हासिल गर्न सफल भएका थिए । छिटो गतिमा बाइक चलाउँदा वर्षेनी धेरै युवाहरुले ज्यान गुमाएका कारण त्यस प्रति सचेत पार्न स्लो बाइकर रेस प्रतियोगितालाई निरन्तरता दिदै आएको रोटयाक्ट क्लव अफ इटहरीको अध्यक्ष सन्तोस धमलाले बताए । कार्यक्रम प्रायोजन भेनीसा कम्पनीको डेनभार डियोले गरेको थियो ।

अघिल्लो वर्षमाजस्तै यसवर्ष पनि अन्तराष्ट्रिय युवा दिवस आयोजक समितीको नेतृत्वमा जिल्लाभरिका करिब २० युवा संस्थाहरुको सक्रियतामा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको छ । जस अन्तरगत कलेज स्तरीय हाजीरीजवाफ प्रतियोगिता, अन्तरक्रिया, रक्तदान विषयक सचेतना कार्यक्रम हस्ताक्षर संकलन, बक्तृत्वकला प्रतियोगित, नाटक प्रदर्शनी लगायतको कार्यक्रम रहेका छन् ।

तपाईको प्रतिक्रिया