मदन अधिकारी / प्रकासपुर ,  बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ र १० का तत्कालीन सचिव संकर आचार्यको विदाइ कार्यक्र शुक्रबार सम्पन्न भएको छ । तत्कालीन गाबीस हुदा उहाको अहो रात्र खटि प्रकाशपुरको विकासमा तल्लिन आचार्य आफ्नो कार्यकाल भरी कुनै राजनैनिक छाल आउन नदिने सचिवको सुचिमा रहनु भएको छ ।
  शुक्रवार आयोजित कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, वुदिजिवि, शैक्षिक संस्थाका प्रतिनिधि , प्रकासपुर प्रहरी चौकि इन्चार्ज , लगाएत दर्जनौको उपस्तिथिमा सम्पन्न कार्यक्रमको सभादक्ष १० नम्बर वडा अध्यक्ष महेन्द्र बहादुर खत्रिले गर्नु भएको थियो । सोही क्रममा वोल्दै नेपाली काङ्ग्रेस प्रकासपुर गाउइकाइ सभापति नवराज वस्नेतले सम्पुर्ण व्यक्तिको मनमा वस्न सफल आचर्यको उच्च मुल्यांकन हुनुपर्ने र यश प्रकासपुरको विकासका लागि उहाको कदमिलाइ हामिले कहिलै विर्षन नसकिने बताएका छन् । त्यस्तै नेकपाका नेता राम कोइरालाले यश ठागको विकासका निमित्त तत्कालिन सचिवले गरेको कामको मुल्यांकन गर्दै आगामि दिनमा समेत उहाको साथ र सहयोग यश वडामा रहनेमा आफु विश्वास्त रहेको वताए । प्रकाश माविका प्रअ चुडामणि खनालले हाम्रा अत्यन्त मिलन सार मित्र सङ्कर आचार्यको विदाइले हामी दुखि भएपनि उहाको वडुवा भएर हाम्रै नगरपालिकामा सरुवा भएकोले हामिलाइ थप हौसला मिलेको बताउदै तत्कालिन सचिवलाइ पोस्ट वृद्धि भएकोमा बधाइ दिदै वर्तमान सचिव होम प्रसाद लिम्बू लाई स्वागत समेत गर्नु भएको छ । 
वर्तमान सचिव होम प्रसाद लिमुले आज वडा नम्बर १० नै दुखि रहेको भन्दै आचार्यकै जस्यो महिले पनि सेवा दिने बताएका छन् । उनले भने हामी दुइ अत्यन्त मित्र रहेको र उहाको विदा आज गर्नु पर्दा मलाइ दुख लागेको छ तर यश वडालाइ थ्कालिन सचिवको नहुनुको महसुस म बाट हुन दिने छैन भनेका छन् ।
वराहक्षेत्र नगरपालिकाको जिन्सि शाखा प्रमुखको रुपमा सरुवा भएका सङ्कर आचार्यले आफ्नो कार्यकाल स्मरण गर्दै प्रकाशपुर वासिलाइ आफु विर्षन नसक्ने बताएका छन् उनले भलै मेरो वासस्थान इटहरी भएपनि मलाइ प्रकासपुरको हु भन्न गौरव लाग्ने बताउदै म यश ठाउमा न भएपनि सधै साथ र सहयोग गरीरहने बाचा समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया