नेपालि सैनिक संघले बिपन्न समुदायका मानिसलाई सुलव शौचालय बितरण गरेको छ । विपन्न समुहहरुलाई लक्षित गरि सैनिक श्रीमती संघको प्राविधिक तथा अर्थिक सहयोग र सुर्यदल गणका सकल दर्जाको श्रमदानमा मोरङ जिल्ला कटहरी गाँउपालिका वडा नं. ४ र ५ मा निर्माण भएको सुलभ सौचालय सुक्रबार बितराण गरीएको हो । सैनिक श्रीमती संघकी कोषाध्यक्ष्य श्रीमती संगीता शाहीले एक कार्यक्रमका विच उद्घाटन गरी शौचालय हस्तानतरण गरीएको पुर्वि प्रितना हेडक्वाटरले जनाएको छ ।

जोन्टा क्लवको समेत प्राविधिक सहयोग रहेको सो सौचालयको सांचो सैनिक श्रीमती संघकी कोषाध्यक्ष्य श्रीमती शाहीले कटहरी गांउपालिकाका प्रमुख श्री राम कुमार कामुतलाई हस्तान्तरण गरेकि थिईन् ।कार्यक्रममा पूर्वी पृतनापति उपरथीसमीर शाही, महा सेनानीसुनिल घले, स्टाफ अधिकृतहरुका साथै सुर्यदल गणका गणपति कटहरी गांउपालिका प्रमुख, उप प्रमुख, वडा प्रमुखहरु लगायत स्थानिय बासिन्दाहरुकोे समेत उपस्थिती रहेको थियो ।
सोहि अवसरमा गांउपालिकाका प्रमुख राम कुमार कामुतले नेपाली सेनाले जनहितकार्य गरेबापत सैनिक श्रीमती संघ, पूर्वी पृतना हेडक्वाटर र सुर्यदल गणलाई प्रशंशा पत्रद्वारा सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया