इटहरी । यौन मनोविज्ञानमा आधारित नेपाली कथानाक चलचित्र मिस्टर भर्जिनको प्रमोसन टोलीले चलचित्र यौन मनोविज्ञान लाई कमेडि शैलीमा प्रस्तुत गरिएको वताएको छ ।
आगामी भदै १ गते देखि प्रर्दशनमा आउने तयारीमा रहेको मिस्टर भर्जिन नाम सुन्दा अनौठो लागेपनि पारिवारिक वातारणमा हेर्न सकिने यौन मनोविज्ञान समेटीएको चलचित्र रहेको जानकारी दिएको हो ।  प्रर्दशनको तयारीमा रहेको मिस्टर भर्जिनको प्रमोशनका लागि चलचित्रका कलाकारहरु विभिन्न ठाउँमा रहेका छन । पुर्व क्षेत्रमा चलचित्रको प्रमोशनका लागि आएका चलचित्रका नायक कमलमणि नेपाल, गौरव पहाडी र नायिका मनिस्का पोखरेलले चलचित्रमा यौनकुण्ठालाई कलात्मक रुपमा प्रस्तुत गरिएको जानकारी दिए ।

यौनका विषयमा बनेको चलचित्र भएपनि छाडा नभएर यौनका विषयमा जानकारी र हास्य प्रदान रहेको समेत चलचित्र प्रमोशन टोलीले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सो चलचित्रमा कमलमणी नेपाल , गौरब पहाडि , लोकन्द्र लेखक , मनिस्का पोखरेल, श्रृजना सुब्बा, मुकेश रेग्मी लगायतले अभिनय रहेको समेत जनाइयो ।

तपाईको प्रतिक्रिया