सुनसरी/ २ सय २ वर्ष देखि वेलायतका लागि लडेका ब्रिटिस गोर्खाहरुको तथ्याँक नेपाल र बेलायत दुवै सरकारसंग नभएको ब्रिटिस गोर्खा भुतपुर्व सैनिक संघ बिगेसोले आरोप लगाएको छ ।
सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी बिगेसोले प्रथम र द्धितिय विश्व युद्धपछि बेलायतका लागि ब्रिटिस गोर्खाहरुले ४३ देशहरुमा युद्ध लडेपनि उनीहरुको तथ्याँक नेपाल र बेलायत दुवै सरकारले उपलव्ध गराउन नसकेको आरोप लगाएका हुन ।
पत्रकार सम्मलेनमा बोल्दै बिगेसोका सभापति पदमसुन्दर लिम्बुले १९४७मा भएको सम्झौता औचित्यहिन भई सकेकाले खारेजी गर्नु पर्नेमा जोड दिए । बेलातयका लागि खटिने क्रममा कतिले विरगति प्राप्त गरे कति घाइते भए कति बेपत्ता भए कति युद्धबन्दी बने यसको यकिन तथ्याँक बेलातय र नेपाल सरकारले दिन नसक्दा गोर्खाहरुले बहादुरी कमाए कि बदनामी कमाए भन्ने समिक्षा गरिनु पर्ने समेत बिगेसो तर्क रहेको छ । सन् १९६८पछि गोर्खा भर्ति सम्वन्धी सन्धी, सम्झौताको नविरण नगरिएकाले खारेजी हुनु पर्ने बिगेसोले माग गरेको छ । सो विषयमा बिगेसोले खारेजीका सभापति समेत निवेदक भई सर्वोच्च अदातमा रिट दर्ता गरेकोमा किनारा नलागि सकेको समयमा पुनः समानताको हक कुरा उठाउदै नेपाल र बेलायत सरकारविच सहमति गरी महिलाहरुलाई समेत भर्ती गर्न लागिएको समाचार बाहिर आएको भन्दै बिगेसो ले आपत्ती जनाएको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा रिटका विषयमा सुनुवाई नभई सकेको अवस्थामा महिलाहरुलाई समेत भर्ती गराउने विषय खेदजन, निन्दायोग्य र राष्ट्यि स्वाधिनता विपरित रहेको भनिएको छ ।

तपाईको प्रतिक्रिया