बिज्ञानले दैनिक नयाँ नयाँ चमत्कारहरु गरिरहदा यता मोरङको मोतीपुरमा बिज्ञानलाई नै चुनौती दिदै एक युवकले ९ महिना निरआहार गुप्तवास सम्पन्न गरेर पुनरजन्मको दावी गर्दै आश्चर्यमा पारेका छन ।
मोरङको ग्रामथान गाँउपालिका वडा न ४ मा अवस्थित एउटा र्नसरीमा मोतीपुरका रुद्रबहादुर कट्वालले गत मंसिर २० गते देखि पुनरजन्मको दावी गर्दै निरआहार गुप्तवास बस्न शुरु गरेका थिए । उनले साउन २० गते पछी गुप्तबास भंङ गरेका हुन । उनले गरेको साधाना विश्व शान्ति र जगत कल्याणका लागी भएको दावी गरेका छन ।
प्रत्येक हप्ताको बुधबार बेलुकी एउटा फल र एक गिलास दुध सेवन गरेर ९ महिनाको कठोर साधना सम्पन्न गरेका हुन । कट्वालको शरीरमा एकाएक आश्चर्यजनक परीर्वतनहरु देखिन थालेपछी काठमण्डौमा रहेकी अर्काे साधक भक्ती मायाँ खरेलको निर्देशनमा गर्भबास बसेका हुन । खरेलका अनुसार कट्वालमा बिष्णु चक्रको रुप देखेपछी आफुले गर्भबासको कठोर साधनाका लागी निर्देश गरेको बताईन । काठमाण्डौमा सपरीवार बस्दै आएका उनिहरु साधनकालागी जन्मस्थल मोतीपुर आईपुगेका हुन ।
आफ्नै जन्मस्थलबाट जगतकल्याणको सुभारम्भ गरेका कट्वालले सो साधना गरेपछी धेरै भक्तजनहरुको कल्याण भएको उनकी श्रीमती डम्मरकुमारी राईले बताईन ।
कट्वालको साधना समाप्तीको खबर फैलीएपछी दर्शन गर्न आउनेको घुईचो लागेको छ । झापा, मोरङ, सुनसरी, देखिका श्रद्धालुहरुको अहिले मोतिपुरमा भिड बढेको छ ।
बिज्ञानका चमत्कारहरुमा रमाईरहेको आजकोख समयमा कट्वालको यो साधाना र दावीले विज्ञानलाई नै चुनौती खडा गरेको बिश्लेषण गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया