इटहरी । सुनसरीको इटहरीमा आयोजित दोस्रो मिस्टर पुर्वाञ्चल स्नोकर च्याम्पेन विराटनगरका अमन कार्की भएका छन । फाइनल खेलमा इटहरीका आयुष गौतमलाई ६ –३ सेटले हराएर कार्की दोस्रो मिस्टर पुर्वाञ्चल स्नोकर च्याम्पेन बन्न कार्की सफल भएका हुन । सेमी फाइनलमा डिफेन्डीगं च्याम्पेन विकास गुरुगंलाई हराएर आयुषले स्नोकरका चिरपरिचित अमनसंगको भेट पक्का गरेका थिए ।

प्रतियोगितामा पुर्वमा विराटनगर, धरान, विर्तामोड,लालभित्ती, विराटचौक लगायतका ठाउँका ५४ जना खेलाडिहरुको सहभागिता रहेको थियो । दोस्रो पुर्वाञ्चल स्नोकर च्याम्पेन वनेका अमनले ४० हजार नगद सहित शिल्ड प्रमाण पत्र ,दोस्रो हुने आयुषले नगद २० हजार ,शिल्ड तथा प्रमाण पत्र , सेमि फाइनल खेल्ने विराटनगरका अनुप सिंह र इटहरीका विकास गुरुगंलाई १०, १० हजार नगद प्रमाण पत्रले पुरस्कृत गरिएको आयोजक सिटी हेल्थ तथा स्नोकर हाउस इटहरीका श्याम कार्कीले जानकारी दिए । । त्यसै गरी हाइस्कोर बे्रकरको १० हजार रासीको पुरस्कार समेत च्याम्पेन वन्न सफल अमनले नै हात पारे । पहिलो मिस्टर पुर्वाञ्चल स्नोकर प्रतियोगिताका च्याम्पेन विकास गुरुगं यस पटक भने सेमि फाइनल मै रोकिए । सिटी हेल्थ तथा स्नोकर हाउस इटहरीको आयोजनामा गत १७ गते देखि दोस्रो पुर्वाञ्चल स्तरीय स्नोकर प्रतियोगिता सञ्चालन हुदै आएको थियो ।

तपाईको प्रतिक्रिया