इटहरी । निर्माण कार्यमा प्रयोग हुने ठुला सवारी साधन चालक अर्थात हेभी इक्युपमेन्ट अपरेटरले समयमै सवारी चालक अनुमति पत्रको परिक्षा नगरेका कारण आफुहरु मारमा परेको वताएका छन ।

नेपाल हेभी इकयुपमेन्ट अपरेटर संघ सुनसरीको अधिवेशनमा सहभागित हेभी इकयुपमेन्टका अपरेटरहरुको यस्तो गुनासो गरेका हुन । सो अवसरमा हेभी इकयुपमेन्टका अपरेटहरुले सवारी चालक अनुमति पत्रको परिक्षा लामो समय देखि नहुदाँ आफुहरु सवारी चालक अनुमति पत्रबाट बञ्जीत हुन परिरहेको भन्दै सवै जिल्लाहरुका चाडै भन्दा चाडै सवारी चालक अनुमति पत्रको फारम खुलाउनु पर्ने माग गरे ।

नेपाल हेभी इक्युपमेन्ट अपरेटर व्यवसायी संघका केन्द्रीय अध्यक्ष ताराबहादुर कुँवरको प्रमुख आतित्यतामा सम्पन्न पहिलो अधिवेशनले राजेन्द्र बास्तोलाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको प्रदेस नम्वर १का संयोजक खुमबहादुर ओली प्रकासले जानकारी दिए । समितिको उपाध्यक्ष , सचिव , सहसचिव र कोषाध्यक्षमा क्रमशः चमान तामागं, आसिश चौहान सुजत धिमाल र होमनाथ भण्डारी रहेका छन । त्यसै गरी सदस्यहरुमा महेश दाहाल, आशाराम चौधरी , सुरेन्द्र शाह र प्रकास कोइराला चयन भएका छन । कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष लोकमान खत्री लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया