इटहरी । सुनसरी मोरगं सिचाई आयोजनाको नहरको किनारामा वस्दै आएको दिनेश खड्काको परिवारलाई ठुलो बज्रपात परेको छ । खड्का परिवारका दुई जना बालबालिकाहरुले अकालमा ज्यान गुमाउन पुगे ।
दिनेशकी एघार वर्षिया छोरी सृजना र नौं वर्षिय छोरा अस्वीनको डुवेर ज्यान गएपछि खड्का परिवार मात्र नभएर सो क्षेत्र नै यत्ति बेलामा शोकमा डुवेको छ । विद्यालय लामो समय देखि विदा भएकाले गाउँमै खेल्ने रमाउने दुई जना बालवालिकाहरु अकालमा गुमाउन पर्दा रामधुनी ३ को सो बस्ती नै शोकमा परेको हो ।
आफनो जग्गा जमिन नभएका कारण सुनसरी मोरगं सिचाई आयोजनाको नहर किनाराको जग्गामा वस्दै आएका खडका परिवारका ति वालबालिकाहरु अरु दिन जस्तै खाना खाएर मंगलबार पनि भाडा माझन नहरमा गएका थिए , भाडा माझदै गर्दा नहरमा थाल खसेपछि थाल झिक्न पसेको भाइ निकाल्न गएकी दिदी समेत बेपत्ता भइन । नहरको च्यानलमा फेसका ती बालवालिकाहरुको उद्धारमा जुटेकाहरुको अथक प्रयास पनि उनीहरुलाई सकुसल निकाल्न सफल भएन पाँच घण्टापछि मात्र उद्धार टोलीमा सामेल सशस्त्र प्रहरीको गोताखोरले उनीहरुको शब निकाल्न सफल भयो ।

आफनो जग्गा जमिन नभएको सुकुम्वासीका रुपमा रहेको दिनेशका बुबा आमा अर्काको खेतीमा काम गर्न गएको तथा आफु काम गएको समयमा छोराछारी नहरमा डुवेका थिए । आमाले छोडेर हिडेपछि बुवा तथा हजुरवुवा र हजुरआमासंग बस्दै आएका ति बालवालिकाहरु सधै झै खाना खाएर भाडा माझन गएकोमा कहिले नआउने गरी गएपछि खडका परिवार गाउँमा शोकमा परेको छ ।

तपाईको प्रतिक्रिया