मदन अधिकारी / बराहक्षेत्र, वराहक्षेत्र नगरपालिकामा गत वर्षको अधिकांश बजेट सडकमा खर्च गरिएको छ । आवश्यकता तथा बजेटलाई समेत आधार मानि कच्ची, ग्रावेल, उच्च स्तरिय ग्रावेल देखी पक्की सडकहरु नगरपालिकामा धमाधम निर्माण भएका छन् । सडक भन्ने बित्तिकै सडकको स्तरियताकै प्रश्न उठ्ने गर्दछ । तर कति पय सडकहरु यस्ता छन् जसको स्तरियता भन्दा पनि व्यवस्थापन र रेखदेखको प्रश्न उठेको छ । वराहक्षेत्र ९ र १० को सिमानामा पर्ने जुङ्गेचौक शिकारीथान सडक खण्ड सर्सती हेर्दा बस्तुगोठ जस्तो लाग्छ ।

सडकका दुवै छेउमा गाइवस्तुहरु बाँध्नाले गर्दा सडक संरचनानै नष्ठ भएको छ । स्थानीय उपभोक्ताहरु सचेत नहुनु पनी सो समस्याको कारण देखिन्छ । तथापी स्थानिय सरकारको समस्या निधान गर्ने जिम्वेवारी भएकाले चासो देखाउनु जरुरी छ ।  स्थनिय खेमराज खतिवडा सडकको छेउमा बाक्लै गाइवस्तु बाँध्नाले एका तर्फ सडक दुर्घटना हुन्छ भने अर्को तर्फ कच्ची नाली र बर्षयामका माटो खुकुलो हुने भएकाले गाइवस्तुले सडकमा बिच्छ्याएको गिटि नालीमा मिसिने समस्या देखिएको तर्क गर्दछन् ।

यसरी सडकमा चौपाय बाध्नाले दोहोरो नोक्सान भइरहेको छ । स्थानीय प्रदिप खत्री सडकमा नगरपालिकाले बजेट मात्र खर्च गरेको तर उचित ध्यान दिन नसकेको तर्क गर्दछन् । खत्री भन्छन् यसरी सडकमा गाइवस्तु बाध्नाले सडक उपयोगनै गर्न नहुने गरी नष्ट हुनुका साथै ठुलो सडक दुर्घटना हुन सक्दछ । उनले सडक संरक्षणमा नगरपालिकाले गरेको वेवास्थाले गर्दा सडकमा गरेको लगानी स्वाहा हुने बताए ।

तपाईको प्रतिक्रिया