सुनसरी । प्रदिप श्रेष्ठले निर्देशन गरेको चलचित्र ब्लाक भदौ १ गतेदेखी हलमा आउने भएको छ । आश्मा फिल्म प्रालिको ब्यानरमा बनेको चलचित्रमानायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माले अभिनय गरेका छन् । चलचित्रको देशभर प्रमोशनको लागी हिडेको टोलीले इटहरीस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी प्रेमकथा र डार्क स्टोरीमाआधारित चलचित्रदर्शकहरुको लागी नौलो बनेको बताएका छन् ।
चेतनकुमार पाण्डे चलचित्रका कार्यकारी निर्माता हुन् ।मौनता श्रेष्ठको कथामा तयार भएको ब्ल्याकमा रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन रहेको छ ।
ब्ल्याकमा आकाश श्रेष्ठ, आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजालको भूख्य भूमिका रहेको निर्देशक प्रदीपश्रेष्ठले बताएका छन् ।चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको यो चलचित्रमा अर्जुन जिसीको सम्पादन छ । चलचित्रमा आँचल र आकाशको जोडीलाई दर्शकले रुचाउने निर्माण पक्षको विश्वास छ ।
नायिका आँचल शर्माले चलचित्रको कथावस्तु निकै राम्रो रहेको र लिड भूमिकामा काम गर्न पाउँदा खुशी लागेको बताइन् । प्रेममा आउने उतारचढाव, त्याग र मिलनको कथालाई चलचित्रले उठान गरेको छ । ‘चङ्गा जस्तै मन चैट‘’ बोलको गीतमा प्रतिक पौडेलको शब्द, संगीत र स्वर छ ।

तपाईको प्रतिक्रिया