मदन अधिकारी / बराहक्षेत्र नसरीको वराहक्षेत्र नगरपालिका वडा नं. ९ राजाबासमा व्यवसायिक रुपमा कृषि फर्म सञ्चालन गर्दै आएका कृषि उद्यमीहरुले नगरपालिकालाई अफर (अवसर) दिएका छन् । ति युवाहरुले यदि नगरपालिकाको सहयोग रहेमा आफुहरु नगरलाई पुग्दो तरकारी दिन सक्षम रहेको बताएका छन् ।  विभिन्न देशमा वैदेशिक रोजगार गरिरहेका युवाहरुले विदेस छाडेर स्वदेशमै कृषि कार्य गर्न थालेका हुन् । स्थानीय छविलाल चौधरी, रघुविर चन्द्रवंशी, अमर निरौला र भरत खड्काले कोरीया र अफगानस्थान जस्ता मुलुकहरु छोडेर स्थानीय स्तरमा कृषि कार्यमा जुटेका हुन् । नेपाली युवाहरुको विदेश प्रतीको मोह बढीरहेको बेला नेपालमै पनी मेहनेत गरे आत्मनिर्भर वन्न सकिन्छ भन्ने प्रेरणा मिलोस भनी आफुहरु कृषि कार्यमा जुटेको उनिहरुको तर्क छ । उनिहरुले १५ कट्ठा जग्गालाई वैज्ञानिक ढङ्गबाट व्यवस्थापन गरेका छन् । तरकारीको प्रकृति अनुसार आवश्यक पर्ने टडेल, छहारी, ड्याङ् बनाइ ति युवाहरुले रायको साग, टमटर, कोपी, वैगुन लगाएतका तरकारीहरु उत्पादन गर्दै आएका छन् । करिव ७ लाखको आन्तरिक लगानीमा सञ्चालन गरिएको सो फर्ममा बजार र आर्थिक पक्षको तालमेल गराइ उत्पादन बढाउने आफ्नो विचार रहेको उनीहरु बताउँछन् । बिषेश गरी वाहिरबाट वराहक्षेत्र नगरपालीकामा आयात हुने बिषधी युक्त तरकारीको आयात कम गरी स्थानीय उपभोक्तालाई स्वस्च्छ सफा तथा विषधी रहित सरकारी उपलब्ध गराउने आफ्नो उद्देश्य रहेको युवा उद्यमी रघुविर चन्द्रवंशीले बताए । यसरी तरकारीलाई विषाधी मुक्त वनाउन जुटेका युवाहरुले अर्घानिक तरकारी उत्पादन गरिरहेका छन् । तर अर्घानिक उत्पादनमा हुने खर्च र त्यसको बजार मुल्यमा तालमेल मिल्न नसक्दा आर्थिक पाटो भने निकै कमजोर भएको अमर निरौला बताउँछन् । यस्तो अवस्थामा नगरपालिकाले गर्न सक्ने अनुदान सहयोग, नीतिगत सहयोग तथा नैतिक सहयोग गरेमा वराहक्षेत्र नगरपालीकालाई विषधी रहित तरकारी बजारमा परिणत गर्न सकिने उद्यमी भरत खड्का दावी गर्दछन् ।नेपाल कृषि प्रधान मुलुक रहेकाले नेपालका सवै मानिसनै कृषक भएको छविलाल चौधरी वताउँछन् । उनि भन्छन् यस्तो अवस्थामा आंशिक कृषक होकी ? कुन चाहीँ पूर्णकालिन कृषक हो ? अनि को व्यवसायिक कृषक हुन ? सो कुरा नगरपालिकाले छुट्याउन सक्नु पर्दछ । नगरपालिकाले नितीगत आधार तयार गरी कृषकको बर्गिकरण गर्नु पर्दछ । त्यसो गरेमा मात्र सच्चै कृषिमै भविष्य खोज्ने युवाहरु पनी कृषिमानै रमाउन सक्ने चौधरी बताउँछन् ।

तपाईको प्रतिक्रिया