संगम बिष्ट/वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं। १ मा हुने अवैधानीक नदिजन्य पदार्थको उत्खनन् अझै रोकिएन । नेपाल सरकारले असार, श्रावण, भदौ र असोजमा खोलावाट नदिजन्य वस्तुहरु ९गिटि, वालुवा, ढुङ्गा० निकासीमा रोक लगाए पनी व्यवहारतः त्यस्तो हुन सकेको छैन ।
सो क्षेत्रबाट कानुनी रुपमा वर्जीत गरिएपनी ढुङ्गा, गिटि वालुवा निकासीको क्रम भने तिव्र रहेको छ । सोही क्रममा उक्त निषेधित क्षेत्रवाट ढुङ्गा निकासी गरिरहेको अवस्थामा ट्याक्टर र डोजरलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार दिनको १२ बजेको समयमा १ वर्ष देखी जिल्ला समन्वय समितिले ठेक्का लगाउन रोक लगाएको वराहक्षेत्र नगरपालिका १, वगुवा खोलावाट ढुङ्गा निकासी गर्दै गर्दा इलाका प्रहरी कार्यालय चतराले सो कार्यमा प्रयोग भएका ट्याक्टर र डोजर सहित चालक लाई नियन्त्रणमा लिएको छ ।
प्र।स।नि। चक्रमणी थापाको नेतृत्वमा गएको गस्ति टोलीले सो कार्यमा प्रयोग भएको वराहक्षेत्र नगरपालिका १ वस्ने घनश्यम न्योपानेको को १ त ५१६० नं। को ट्याक्टर र धरान घर भएका गजेन्द्रमणी राईको को १ क २२४३ नं। को डोजर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका अवैधानीक निकासीमा प्रयोग भएका साधनलाई कार्वाहीका लागि प्र।स।नी। आमासु राजवंशीको नेतृत्वमा जिल्ला समन्वय समिति इनरुवा पठाइएको छ ।
अवैधानीक रुपमा यस्ता नदिजन्य पदार्थको उत्खनन्ले सो आसपास रहेका वस्तिहरुनै जोखिममा रहेका छन् । सोही जोखिमलाई वुझेर जिल्ला समन्वय समितिले पूर्ण रुपमा वगुवा खोलावाट नदिजन्य पदार्थ निकासीमा रोक लगाए पनी प्रभावकारी हुन नसक्दा वगुवा क्षेत्रका सयौँ घरहरु जोखिममा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया