इटहरी/  घरधनीहरुले  आफूखुशी घर तथा सटर भाडा बृद्धि गर्दा आफूहरु मारमा परे को  व्यवसायीहरुले  गुनासो  गरे का छन । सुनसरीको इटहरीमा घरधनीहरुले  मनपरी सटर भाडा बृद्धि गर्दा मारमा परे को  भन्दै  गुनासो  गनेर् हरुको  संख्या बढ्दै  गएको  छ ।
पुर्वी नेपालकै ब्यापारिक केन्द्रको रुपमा स्थापित इटहरीमा भने अत्याधिक घर भाडा बृद्धिका कारण ब्यवसाय तथा डेरा गरी बस्नेहरु भाडा बृद्धिका कारण समस्यामा पर्ने गरेका छन् ।इटहरीको चोक क्षेत्र होस या भित्री बजारमा ब्यापार ,व्यवसायी गर्नेहरु व्यवसायीनै छोड्न थालेका छन । स्थानिय निकाय उपमहानगरपालिकाले घरभाडा निर्धारण गर्न नसक्दा घरधनिहरुको मनोमानी भाडा बढाएकाले व्यवसायीहरु मरमा पर्दै आएको हो । इटहरी उपमहानगरपालीकामा करिब एक लाख चालिस हजार पाँचसय सत्र जनसंख्या रहेको छ । पुर्वकै व्यपारिक केन्द्र पर्ने इटहरीमा उत्तरी पाहाडी जिल्लाहरुबाट समेत व्यवसायको लागी बसाईगरी आउने गरेका छन् । व्यवसायको हबको परिचय बन्दै गएको इटहरीमा पछिल्लो समय भाडादर अत्याधिक हुदाँ महंगी समेत बृद्धि हुदै गएको व्यवसायी बताउछन् ।व्यवसायीलाई घरभाडा,कामदार तथा आफ्नो लगानी उठाउन समेत धौधौ पर्ने गरेको व्यवसायीहरुको गुनासो रहेको छ । उद्योग वाणिज्य संघ इटहरीमा मात्रै करिब ६ हजार भन्दा बढि व्यवसाय दर्ता रहेको तत्थ्याङ देखिन्छ तर व्यवसायिहरुको भाडा बृद्धिको विषयमा कसैले पनी चासो नदेखाएको व्यपारीहरुले गुनासो सुनाए । औसतमा सबै व्यवसायीहरुले भाडामा व्यवसाय सञ्चालन गरेका छन् । एउटा कोठाको भाडादर करिब चोक आसपासमा तिस हजार सरदर रहेको छ । यसैलाई आधार मान्ने हो भने मासिक तिस हजार घर,भाडा कर्मचारी लाई तलब जस्ता खर्चले गर्दा मासिक एक लाख भन्दा बढि खर्च हुने गर्दछ त्यस कारण उपभोक्ताहरुलाई दुई सयको सामान पाचँ सय सम्म पर्ने गरेको व्यवसायी बताउछन् । भाडा महंगी नियन्त्रणमा व्यवसायीको हितमा काम गर्ने संगठन उद्योग वाणिज्य संघले पनि पहल गर्नेुपर्ने उद्योग वाणिज्य संघ इटहरीका पुर्व महासचिब दिवस पोख्रेल बताए । घरभाडाको कारण समस्या मात्रै नभएर बिकृति समेत बडदै गएको छ । महंगो घरभाडा लिने तर घरबाहाल कर भने नबुझाउने घरधनीहरु बट तेस्तो पाइएमा कार्वाही गर्ने इटहरी उपमहानगरपालीका उपप्रमुख लक्ष्मि गौतम बताउछिन् । इटहरीको चोक क्षेत्र होस या भित्री बजारमा ब्यापार ,व्यवसायी गर्नेहरु व्यवसायीनै छोड्न थालेका छन । स्थानिय निकाय उपमहानगरपालिकाले घरभाडा निर्धारण गर्न नसक्दा घरधनिहरुको मनोमानी भाडा बढाएकाले व्यवसायीहरु मरमा पर्दै आएका हुन । इटहरी उपमहानगरपालीकाले घरभाडा तथा घरबाहाल कर सम्बन्धि निति निमार्ण तथा कार्वन्वयन गर्न सकेको खण्डमा बार्षिक करडौको राजश्व संकलन गर्ने सम्भावना रहेको छ तसर्थ यस बिषयमा सरोकारवालाहरुले ध्यान दिन जरुरी छ ।

तपाईको प्रतिक्रिया