इटहरी , छिटो बाइक हुइँक्याउन त धेरैलाई आउनसक्छ । तर, ढिलो चलाउन भने कमैले जानेका छन् । ट्राफिक सचेतना जगाउन रोट्रर्याक्ट क्लब अफ इटहरीले ढिलो बाइक चलाउने प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘युवाका लागि सुरक्षित स्थान’स्लोगन भएको अन्तर्रा्ष्ट्रिय युवा दिवस २०१८ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रोट्रर्याक्ट क्लब अफ इटहरीले साउन २५ गते इटहरीको पशुपती चोकमा स्लो बाइक रेस , प्रतियोगिता आयोजना गर्ने भएको हो ।

तपाईको प्रतिक्रिया