संगम बिष्ट/ चतरा आज साउन महिनाको २१ गते दलवहादु पौडेल( हीरा) स्वर्गिय भएको पनि तीन वर्ष भयो ।मैले उहा स्वर्गबास भए पछि मात्र उहाको जीवन अध्यन हेरेर मजले चिन्ने मौका पाए ।उहाँ स्वगर्गिय हुन पुर्व हीरा पौडेल भनेर नाम सुनेको मात्र थिए ।तर उहाँ स्वर्गवास भए पछि माउहाको योग्दान र समाजमा छाडेर जानू भएको छापलाई सुस्म रुपमा अध्यन गर्न सुरु गरे । उहाँ त वराहक्षेत्रबासिको लागि त साचै नामको मात्र हीरा नभई बास्तवमै अमूल्य रत्न हीरा नै पो रहुनु हुदो रहेछ। जन्म र मुत्यू शाश्बत सत्य हो, यो रोकियो भने सृष्टिको नियम अवरुद्ब हुन्छ ।तर पनि मानिलले मृत्यु स्वईकारन ज्यादै असहज हुदो रहेछ । बि.सं.२०१३ साउन १२ गतेधरानमा यस लोकमा बुवा गडुलध्वज र माता मनमाया पौडेलको दिस्रो छोेराको रुपमा यस लोकमा पाइला टेक्नु भएका हिराको २०७२ सालको साउन २१ गते आजकै तीन असमाहिक निधन हुन गयो । बामपन्थी राजनैतिक आन्दोलनबाट राजनितिमा प्रबेश गरेका ऊनि सरल,शान्त , मिलनसार , मिद्बभाषि तथा तार्किय शैलीको शब्द प्रयोग गर्न माहिर स्वभाबका हुनुहुन्थियो भनेर उहाका सहकर्मीहरु बताउछन् ।
बहु आयमिक ब्यक्तिको रुपमा समाजमा चिनिएका हीराको जीवन निजि जीवन कहिले भएन आफ्नो जीवननै समाजलाई सुम्पिएका उनले वराहक्षेत्रबासिलाई अपुर्णिय गुण लगाएर यस धर्तीवाट बिलय भए । समाजलाई बुझ्न थाले देखिनै समाज सेवा गर्न रुचाउने ऊनी २०४८ सालमा जिल्ला बिकास समिति सुनसरी सदस्य, आदर्श माबिको ब्यस्थापन समितिको अध्यक्ष,वराह आदार्श क्यापसको विशिष्ट सदस्य,कोसि वाद पीडित सङघर्ष समितिको अध्यक्ष, कोसि वाद पिडित समस्या समाधान सुझाव आयोगका सदस्य, नेपाल रेडक्रस सोसाइटी वराहक्षेत्रको उपाअध्यक्ष, वराहक्षेत्र सामुदायिक अध्यन केन्द्रको अध्यक्ष, हिलामय इङ्लिस स्कुलको ब्यस्थापन समितिको अध्यक्ष, राधाकृष्ण आध्यात्मिक प्रतिष्टान सदस्य , रामान्दाचार्य सेवा पिठको सदस्य , राधाकृष्ण संस्कृत बिद्याश्रम ब्यस्थापन समिति सदस्य, वराहक्षेत्र बृहतर बिकास समितिको सदस्य , तत्कालिन वराहक्षेत्र गाबिसको अध्यक्ष जस्ता निर्वाचित तथा जननिर्वाचित पदमा रहेर समाजलाई गति प्रदान गर्न महत्व पुर्ण भुकिका निर्माण गर्नु भएको थियो ।
जुन कुराको समाजले अहिले पनि प्रयत्क्ष महशुष गरि राखेको छ ।वराहक्षेत्रको चतराधाममा नेपालको इतिहासमा पहिलो महाकुम्भ मेला लगाउदा मेला आयोजना समितिको सहअध्यक्ष समेत रहेका हीराले दोस्रो महाकुम्भ मेलाको पनि सोही पदमा बसेर मेलालाई सफल पार्न अहम भुमिका निर्वाह गर्नु भएको थियो ।वराहक्षेत्रमा राजतिज्ञ भन्दा पनि समाजसेबिको रुपमा चिनिएका हीले आफुलाई वामपन्ती नेताको रुपमा आफ्नो राजनिति यात्रालाई अगाई बढाएका थिए । आफ्नो ब्याक्तिगत जिवनमा प्रदप्रदशक,रानैतिक जिवनमा गुरु र सामाजिक जिवमा अभिभावको रुपमा हिरालाई आफुले लिएको र संगढन बिस्तारकै क्रममा हीराको जननायक मदन भण्डारीसंग पनि केही समय संगत भएको उनलाई नजिक बाट बुझेका चन्द्र प्रतिभा मगर बताउछन् ।जसरी मदन भण्डारी जननायक भनेर चिनिए हीरा पनि वराहक्षेत्रबासिका नायक जसरीनै वराहक्षेत्रबासिको मनमा मुत्यु पर्यन पनि बाचि रहेका छन्। देशमा निर्कुस पञ्चायति ब्यस्यथा बिरोधि रहेका हीरा संगढन बिस्तार गर्न माहिर नेताको रुपमा चिनिन्थे ।बिपक्षि दलका नेतालाई पनि आफु तिर तान्ने बोलिमा शक्ति जादु भएका हीराको कुभलो चिताउने सायदै कोही थिए होलान । मानिसको जन्म हुन हुनन्छ के लागि मर्नकालागि ! भनेर भन्ने मानिकाका लागि हीराको जिवनी एक दरिलो जवाफ हुन जान्छ।मानिसको जन्म मृत्युलाई मात्र नभई समाजको मार्ग दर्शन , अभिभावकत्त , असल काम ,सम्मान व्यहार, समाज सुधारको परियायवाचि नाम हीराको जन्म देखि मुत्युको अन्तिम दिन सम्मको जीवनीवाट यी सन्देश पाउन सकिन्छ ।
आफु भन्दा ठुला आदार सम्मान र आफु भन्दा सानालाई माया ममता र स्नेय दर्साउ हीरा अकत्साम तीन बर्ष अगाडै आजकै आफ्नो धर्म पत्नी सीता छोरा पारस र छोरालाई प्रेङ्का तथा सारा वराहक्षेत्रबासी अकत्माथ छाडेर यो सरसरबाट टाटा कहिले नफर्कने गरि भौतिक रुपमा बिलह हुनु भयो । सामान्य भेट दुख्ने रोग बाट केही दिन देखि थलिएका हीरा सरसुहाउदो रुपमा परिवारका साथ विराटनगर उपचाआर्थ लगे पनि डाक्टरले दैवको खेललाई टार्न नसक्दा उहाको अकल्पनिय निधन ५८ वर्षमा हुन पुग्यो ।समाजलाई अगाडी बडाउन प्रष्ट भिजन बोकेका हिरा मुत्यु पश्चात् पनि वराहक्षेत्रबासीका माझ अमूल्य रत्न झै चम्कि रहेका छन् । वराहक्षेत्रको बिकास गर्न शिक्षा, स्वास्थ्य , यायायात जस्ता क्षेत्रको बिकास गर्न जोड दिने हीरा आफ्नो सारा जीवन नै समाजलाई समप्रित गर्नु भएको थियो । तत्कालीन नेकपा एमालेको वराहक्षेत्र गाबिसको अध्यक्ष भएर पार्टी नेतित्व समालेका हीरा २०५४ सालको स्थानिय तहको निर्वचनमा वराहक्षेत्र गाबिसको अध्यक्ष जस्तो गरिमाय पदमा जनताहरुको मतबाट चुनिनु भएको थियो ।

गाऊ बिकासको अध्यक्ष रहदा सम्मान बिकासको अवधाराणा लिएका हीराले बिकशका पुर्वाअादारलाई बिशेष प्राथामिताका साथ राख्नु भएको थियो ।कुनै पनि पदिय जिमेदारीको कुसलता रुपमा कार्य सम्पादन गर्न रुचाउने हीरा युवाहरुको पद प्रदशकको रुपमा रहनु भएको थियो । कोहि कसैलाई मन नदुखाउने स्वभाबका आफुले पाएको जिमेवारीलाई पूरा गर्न तत्पर रहने , चतरासंग जिड्ने सडक निर्माण , पुलहरुको निर्माण सगै कुम्भ मेलाको सफलता पुर्बक आयोजना, चतरालाई धार्मिक क्षेत्रको रुपमा बिकाश गर्नु हीराको जिबनमा महत्व पुर्ण काम भित्र यी कुराहरु पनि पर्ने र उहाकी धर्म पत्नी सीता भण्डारी पौडेल पनि आफ्ना स्वर्गिय पतिको देखाएको समाजसेवाको बाटोमा अगाडी बढेको र चतरमा रहेको समाजिक संघ संस्थाको नेतित्वमा रहेर काम गरि चतरालाई धार्मिक क्षेत्रको बिकास गर्न लागि परेको उहासंग व्ययसायिक यात्रामा सहकार्य गरि कयौसंघ संस्थातामा सगै रहेर काम गरेका रमेश कुमार बिष्टको बताए । त्यस्तै आदर्श माबिका शिक्षक सुशील घिमिरे हिरालाई यसरी सम्झनछन् हिरा शिक्षा प्रेमि बिकास प्रेमी मानिस हुनहुन्थियि उहाँ बराहक्षेत्रको गाबिस २०५४ सालमा निर्वाचित भए पछि त्तकालिन बराहक्षेत्र गा बि सका पहाडी वाडहरु ७ ८ र ९ बाटका तत्कालिन उच्च मामि अध्यन गर्न ११ र १२ मा आदर्शमा मा बि मा अध्ययन गर्न आउने सम्पूर्ण विद्यार्थीहरुको सबै प्रकारको शुल्क गा बि स बाट तिरिदिने ब्यबस्था मिलाइदिनु भएको थियो ।जस्ले गर्दा आर्थिक रुपले पछाडी परेको ति वार्डका विद्यार्थीहरुले सहज तरिकाले उच्च शिक्षा लिने अवसर पाए ।
कातत्कालिन वडाहरु १ २ ४ र ६ लाइ बोरिङ्बाट खानेपानिको ब्यवस्था मिलाई दिनु भएको थियो । उहालाई राजनैतिक र ब्याक्तिगत जिवनमा नजिकबाट बुझेकस डम्बर प्रसाद सिक्देलको बुझाइमा हिरा एक मुर्दन्य राजनितिक्षको रुपमा मात्र नभइ बिकास , निकास र जनताको समस्या बुझ्ने नेताको रुपमा उहालाइ हामिले बुझेका छौ। उहाँ तत्कालिन नेकपा एमालेको पार्टीको अध्यक्ष ,गाबिसको अध्यक्ष ,विभिन्न संघसस्थामा आबद्ध हुनुहुन्थ्यो ,प्रखर बक्ता,निडर ,तार्किक क्षमता र राजनीतिमा नै जीवान बिताएका ब्यक्ति हुन ।अध्यक्ष हुदा आदर्श उच्च मा.बि.लाई ब्यबस्थित गर्न आर्थिक सहयोग ,बराह क्याम्प स्थापना गर्न अहम् भुमिका ,बाटो ,पुल तथा अन्य बिकासका कार्यमा अहम् भुमिका थियो ।त्यस्तै उहासंग निकट रहेर राजनैतिक र प्रशाशनिक काम गरेका पुर्व वराहक्षेत्र गाबिस उपाअध्यक्ष मनोज पोडेलको बझाइमा उहाँ एक नेपाली क्रान्तिका मुधम्य नेता रहनु भएको थियो । 
बिद्यार्थीकाल देखिनै राजनितिमा होमिनु भएका उहाँ संगढन निर्माण गर्न र कार्यक्रतालाई चलयमान गराउन सक्ने नेताको रुपमा रहनु भएको थियो ।उहाको अप्रयासित दुखत निधन हुदा उहाको अभाव अहिले समाजमा खड्कि रहेको बताउछन् । ईश्बरले पनि असल मान्छेलाई नै छानि छानि लान्छन भने भनाइको साचि बनेका दल बहादु हीरा वराहक्षेत्रवासिको एउटा अविभाबको रुपमा रहनु भएको थियो । आफ्नो जीवनकाल भरिमा समाज प्रति उत्तरदाहित्वका साथ अगाडी बढेका ऊनि कोशि बाढि पडितले उचित क्षतिपुर्तिको पाउनु पर्छ भनेर सो मुदालाई बोकेर हिडि रहेका थिए ।सो मुदालाई उहाले प्रथामिकतामा राख्नु भएको थियो ।उहाँ सप्तकोशि डुवान कटान पडित सघंस समिति, डुवान कटान सम्बन्धि समस्या सुझाब समिति,कोशि पडित सरोकार समिति जस्ता नेतित्वदाहि पदको जिमेवारी लिएर सधै पिडित जनताको पक्षमा वकालत गर्ने जनप्रिय समाजको नेताको रुपमा अगि बढि रहनु हुन्थियो ।
नेपालको नयाँ सम्बिधान जारी भएको हेर्दे इछा बोकेका हीराले यस लोकमा रहदा उनको सो इछा भने पूरा हुन सक्केन । समाजमा जो कुनै बिचार धारा बोक्ने मानिसको पनि आखाको नानि बनेका हीरा वाक्क शक्तिकै कारण दिवगत भएको ३ वर्ष बित्दा पनि हामी सबैको मानस पटमा ताजै रहनु भएको छ ।चतराधाममा पहिलो कुम्भ मेलाको आयोजना गर्दा नेतित्व दाहि भुमिका निर्वाह गरेका हिराले दोस्रो महाकुम्भ मेलालाई पनि सफल रुपमा सम्पन गराउनु अभिभावक्त शैलीमा काम गर्नु भयो । विशेष गरि वराहक्षेत्र गाबिसलाई शिक्षालाई बिशेष चासो देखाएका हीराले सामुदायिक र संस्थागत दुबै बिद्यालयलाई अगाडी बढाउनु पदत पुराउनु भयो । भौतिक शरिक एक भए पनि ब्याक्तित्वको रुपमा बहु प्रतिभा रहेका ऊनी अहिले पनि सिङ्गो वराहक्षेत्रबासिको मनमनमा रहि रहनु भएको छ ।

तपाईको प्रतिक्रिया