मदन अधिकारी / बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरमा खसीबाख्रा बिक्रीमा लाग्दै आएको हाटकर एकाएक वृद्धि भएको छ ।  शनिबारे लाग्ने हाटमा खसीबाख्रामा प्रतिगोटा ३० रुपँैया मात्र हाटकर काटिने गरेको भएपनि २ हप्तादेखी बढेको हो ।

दुई हप्तादेखी प्रतिगोटा एक सय रुपैंयाका दरले बट्टी काटिने गरेको स्थानीय व्यापारी तथा खरिदकर्ता बताउँछन् । यसरी ह्वात्तै मुल्य बृद्धि भएकोमा उपभोक्ताहरु मारमा परेका छन् । उभोक्ताहरुले मुल्यबृद्धिको कारण समेत थाहा नभएको बताएका छन् ।

यता हाट बजारको वट्टी काट्ने ठेकेदार कम्पनीले भने सरसफाइको जिम्मा पनी आफैलाई दिएको हुँदा सो फोहोर व्यवस्थापन गर्न खसीबाख्रामा मात्र हाटकर बृद्धि गरेको जनाएको छ छ । नगरपालीकाले ठेक्का आह्वान गर्दा कायम गराएको दरटेरमै पक्कैपनी फोहोर व्यवस्थापनलाई समेत जोडेरै दररेट कायम गरिएको उपभोक्ताहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया