मञ्जु मिमसिना
इलाम । डेनमार्क सरकारको सहयोगमा निर्माण शुरु भएका इलामका आठमध्ये ६ सडक निर्माणको जिम्मा पाएका ठेकेदार र उपभोक्ता समितिले काम नगर्दा अलपत्र परेका हुन् । १५ असारसम्ममा बनाइसक्नुपर्ने ती सडक तोकिएको म्यादमा सम्पन्न नभएपछि १६ करोड बढी बजेट फिर्ता भएको छ ।
डेनमार्क सरकारले उन्नति समावेशी वृद्धि कार्यक्रमबाट जिल्ला प्राविधिक कार्यालय इलामले हेर्दै आएका सडकको पुरै काम नभएपछि ६ सडक अलपत्र भएका हुन् । ड्रेन, रिटेनिङ्ग वाल, ग्याबिङ्ग वाल र ग्राभेलको काम शुरु भएर खुशि भएका इलामकको ग्रामीण क्षेत्रका बासिन्दा सडक निर्माण पुरा नहुँदै अलपत्र परेपछि चिन्तित भएका छन् ।

आठमध्ये फिक्कल–नयाँबजार, बरबोटे–कट्टेबुङ, नेपालटार–पुवामझुवा, जितपुर बजार–साङरुम्बा, देउराली–कालभोटे, गाग्रेभञ्ज्याङ्ग–चिसापानी दोस्रो प्याकेज र जितपुर–अम्बोटे सडक गत असार १५ देखि अलपत्र अवस्थामा छन् । १५ असारपछि स्थानीय तहलाई जिम्मा लगाउनुपर्ने सडक निर्माण कसरी पुरा पर्ने भन्ने बिषयमा दाता र केन्द्रिय सरकार निर्णयमा नपुग्दा उन्नती परियोजनाको १६ करोड बढी रकम फिर्ता जाने भएको हो ।
उन्नती परियोजना अन्तरगत इलामका आठ सडकमा ५४ करोड ३३ लाख ७ हजार आठ सय ६ रुपैयाँ बजेट स्वीकृत भएपनि निर्माण कम्पनी र उपभोक्ता समितिले काम नगर्र्दा ३८ करोड ८८ लाख ३३ हजार मात्रै खर्च भएको छ ।

तपाईको प्रतिक्रिया