भबिन कार्की
संखुवासभा । भोजपुर र संखुवासभालाई जोड्ने लम्सुवाको घाटको पक्की पुलको निमार्ण थालिएको आठ बर्ष बितेको छ । तीन बर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरि २०६७ साल अषाढ २५ गते सम्झौता गरिएको थियो । तर आठ बर्ष बितिसक्दा काम ३० प्रतिशत मात्र सकीएको छ ।
निर्माणको जिम्मा लिएको स्वच्छन्द निर्माण कम्पनीले २०७० असार २५ सम्ममा काम सक्नुपर्ने भएपनि विभिन्न वाहननवाजी देखाउँदै काम गर्न नसकेको भन्दै समय थपको माग गरेको थियो । २०७४ असार २४ सम्म थप समय थप गरिएको भए पनि कामको प्रगति भने न्युन रहेको कम्पनीका साईड इन्चार्ज विजय लामिछानेले बताए ।
पुलको पिलरको लागि प्रयोग हुने व्येल फन्डेसनलाई आवश्यक गहिराई पु¥याउनका लागि ठुला चट्टाहरुले अवारोध गरेको भन्दै यस अवस्था काम गर्न नसक्ने भएकाले निर्माण पुनः डिजाइन परिर्वत गरिनु पर्ने माग गरेका छन् ।
सामान्य व्लाष्टिङ गर्दा चट्टान फुटाउन नसकिएको र वढी व्लाष्टिङ गर्दा भौतिक संरचनामा असर पुग्ने लामिछानेको भनाई छ । उनले भने—बढी व्लाष्टिङ गर्दा व्येल फन्डेसन कमजोर हुन्छ । त्यसकारण डिजाईन परर्वतन पछि मात्र पुल निर्माणको काम अगाडि बढाउन सकिने छ ।
हालको डिजार्ईन यस पुलका लागि ४ वटा पायर(पिलर) १६ मिटर गहिराई सम्म गाडीनु पर्ने डिजाइनमा रहेको छ ।
आधा भाग देखि नै ठुला चट्टानहरु भेटिएको र त्यसलाई ब्लास्टीङ गर्दा पनि फुटाउन नसकिएकाले डिजाइन परिर्वतन प्रकृयामा रहेको सडक डिभिजन कार्यालय तुम्लिङ्टारका इन्जिनीयर सुरजहरी अधिकारीले बताए । पुल रिभियुको प्रकृयामा रहेकोले त्यसपछि मात्र कुन प्रकृया बाट पुल बन्ने भन्ने टुङ्गो लाग्ने इन्जिनीयर अधिकारीले जानकारी दिए ।
एक सय ५७ मिटर पुल १३ करोड पाँच लाख रुपैयामा निर्माण गर्ने सम्झौता गरिएको थियो । थप डिजाईनपछि ०७४ साल अषाढ २४ गते भित्र सम्पन्न गर्नेगरि म्याद थप गरिएको छ । थप डिजाईन पछि निर्माण खर्च समेत १६ करोड ६३ लाख पु¥याइएको छ । दुई प्रकारको डिजाईन रहेको यस पुलको ७७ मिटर स्टीलट्रस्ट र ८० मिटर आरसीसी ढालन हुनु पर्ने छ । थप डिजाईनमा पुलको लम्बाई २ सय ४७ मिटरको पुल बन्ने भएको भए पनि थप ९० मिटरको ठेक्का लाग्न बाँकी छ ।

तपाईको प्रतिक्रिया