इटहरी । राजनीतिक अस्तब्यस्तता संगै संक्रमणकालले मुलुक यतिबेला थलिए जस्तो भएको छ । स्थानीय निर्वाचन सम्पन्न भएको एक बर्ष बितिसकेको छ ।त्यो संगै सिंगो मुलुक संघिय संरचना अनुसार अघि बढेको छ । संघिय संरचना अनुसार ७ वटा प्रदेशमा बिभाजन हुदै कार्य सञ्चालन भएको एक बर्ष पुगेको छ । यो अवधिमा नेपाली जनताले के पाए र के पाएनन यसको चर्चा र बिरोध पनि उत्तिकै छ ।

अन्य प्रदेशको तुलनामा एक नम्बर प्रदेशलाई हेर्ने हो भने संघिय संरचनाको ढाचा अनुसार यो प्रदेश पनि सञ्चालन भएको एक बर्ष पुगेको छ । यो अवधिमा प्रदेश एकले बिकासका खाकाहरू देखि पर्यटन प्रवर्दन , शिक्षा , स्वास्थ्य क्षेत्रको बिकास र आर्थिक क्रान्ति संगै कृषीलाृइ बिशेष प्राथमिकतामा राखेर काम गरिरहेको देखिन्छ । तर यहि अवधिमा बिकासको चौतफि खाका तयार भइरहेको अवस्थामा प्रदेश एकले सुरक्षा स्थित भने बलियो बनाउन नसकेको पनि देखिन्छ ।

गएको एक बर्षको तुलनामा प्रदेश एकमा अपराध तिन गुणाले बढेको हालै प्रदेश प्रहरी कार्यालय बिराटनगरले सार्वजनिक गरेको तथ्यांकबाटै प्रस्ट देखिन्छ । प्रदेश एकको सुनसरी जिल्लामा सबैभन्दा बढी अपराधिक गतिविधि देखि तिन गुणाले बढेको अपराधका घटनाहरू शुरक्षा रणनीति डामाडोल हुनु र संघियता स्थापना संगै मुलुक र प्रदेसले पाएको नमिठो उपहार जस्तै बनेको छ । अहिले दैनिक जसो बालिका , युवति तथा महिलाहरू बलात्काका घटना सार्वजनिक भइरहनुले पनि अपराध बढेको पुस्टि हुन्छ ।

संघियता स्थापना संगै प्रदेश एकमा ७ हजार ७ शय अपराधका घटना भएको प्रतिवेदन प्रहरी कार्यालय स्वयमले सार्वजनिक गरिसकेको छ । जसमा सबैभन्दा बढी लागुऔषधको कारोबार बढेको प्रहरीकै तथ्यांकले प्रस्ट देखाएको छ ।एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका डिआइजि केदार रिजालले तन तहको बिशेष शुरक्षा योजना बनाएर काम गरिरहेको बताउदै आएपनि प्रदेसमा अपराधका घटना दैनिक जसो बढदै गएको प्रहरीकै प्रतिवेदनले प्रस्ट देखाएको छ ।

बिगतको बर्षको तुलनामा यो बर्ष बलात्कार , चोरी , हत्या र लुटपाट जस्ता जघन्य अपराघ तिन गुणाले बढेको देखिन्छ । गएको बर्ष ७३ । ७४ मा पूर्वाञ्चलको १६ वटा जिल्लामा जम्मा ८६ वटा बलात्कारका घटना सार्वजनिक भएका थिए भने ७४ ।७५ मा मात्रै ३ सय ८४ बलात्कारको घटना भएको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

एक बर्षको अवधिमा एक नं प्रदेशको १४ जिल्लामा मात्रै ७ हजार माथी अपराधका घटना सार्वजनिक हुनुले प्रहरीको शुरक्षा नीतिमा प्रश्न चिन्ह देखाएको छ । शुरक्षाको दृस्टिकोणले पनि यहि प्रदेश सबैभन्दा बढी बलियो देखिन्छ । नेपाली शेनाको पूर्वि पृतना हेडक्वाटर देखि सशस्त्र प्रहरीको मुख्यालय र दंगा प्रहरीको प्रदेश कार्यालय समेत एक नं प्रदेशमै पर्छ तर पनि शुरक्षा जस्तो संवेदनमा प्रहरी कतै चुकेको होकि भन्ने आभाष प्रदेशकै जनतामा छ ।

त्यसै गरी तेब्बर रूपमा बढेको कर पनि संघियताको नमिठो उपहार जस्तै बनेको छ । भरपर्दाे आय श्रोत नहेरी स्थानीय निकायहरूले जनताको ढाड सेक्ने गरि बढाएको करको अहिले स्थानीय स्तर हुदै प्रदेस सम्मै बिरोधका स्वरहरू बनेर गुञ्जिन थालिसकेका छन । मोरघको लेटाङमा साइकलमा समेत कर लगाएको भन्दै स्थानीयहरू आन्दोलित नै बनेका छन । पहिला पार्टिको झण्डा बोकेर चुनावी प्रचार संगै संघियता स्थापनाकालागि तातो घाममा संघियताकै नारा लगाउदै दगुर्नेहरू अहिले स्थानीय निकायले अवैध रूपमा बढाएको कर देखेर बिरोध सुरू गर्न थालेका छन । यहि समय रहि रहे अघिल्लो ५ बर्ष सम्म संघियता टिक्ने या नटिक्ने कुनै टुंगो छैन ।

तपाईको प्रतिक्रिया