मदन अधिकारी÷भरौल कालावञ्जर वजारमा फोहोरको व्यवस्थापन हुन नसक्नुको पछाडी नगरपालिका दोशी रहेको वडा अध्यक्ष राजु अधिकारीले वताएका छन् । वजार परिषरमा भएको अव्यवस्थित फोहोर व्यवस्थापनका विषयमा वराह खवर संग कुरा गर्दै अधिकारीले सो कुरा बताएका हुन् । नगरपालिकाबाट फोहोर व्यवस्थापनका लागि २ वटा ट्याक्टर खरिद गरेको पनी १५–२० दिन भइसकेको बताउदै अधिकारीले सो,  ट्याक्टर प्रयोगमा नआउनु दुःखद् पक्ष रहेको तर्क गरे । उनले ट्याक्टर आएपछी नगर प्रमुख, कार्यकारी अधिकृतले वडा अध्यक्षहरुलाई बैठकमा बोलाई पालो सिस्टमले फोहोर उठाउने व्यवस्थापन गर्न नसक्नु नगरपालीकाको कमजोरी भएको उनले बताए ।  वडाले बाहिरी सडकहरु ठुला वनाए पनी भित्री सडक साँगुरा वनाएको स्थानीयको चिन्ता छनी भन्ने प्रश्नमा अध्यक्ष अधिकारीले सडकको नक्सा अनुसारको सडक निर्माण हुने वताएका छन् । उनले व्यक्तिको नीजि स्वामित्वमा रहेका जग्गा खोस्ने अधिकार आफुलाई नभएको तर्क गर्दै सडक नक्सा अनुसार वनाउने उनले वताए । फरक विषयमा बोल्दै अधिकारीले सडकहरु सोचे अनुरुप स्तरिय निर्माण नहुनु र वडाले सोचे अनुरुप विकास गर्न नसक्नुमा समेत नगरपालिकानै दोषी रहेको उनको तर्क छ । संघिय प्रणाली अनुसार विकेन्द्रिकृत पद्धतीमा गएपनी वडालाई नगरपालीकाले निकै कम रकम छुट्याउनुले यस्तो भएको उनको बुझाइ छ ।  बजेट जती नगरपालीकामा राखेर वडाले विकास गरेन भन्नु सार्थक नहुने उनले वताए । विकेन्द्रिकृत व्यवस्था अनुसार वडाको विकास वडाले गर्न सक्नेगरी बजेट विनियोजन गर्नु पर्ने उनको तर्क छ ।  नगरपालीका नातावद, कृपापावादमा अन्त्य हुन नसक्नु दुःखद् पक्ष रहेको उनले वताए । हिजो त्यही व्यवस्था अन्त्यका लागि संघर्ष भएर आजसम्म आइपुग्ला पनी ति मानसिकताबाट नगरपालीका ग्रसित रहनुले सोचे अनुरुप विकास गर्न नसकिएको उनको बुझाइ छ ।

तपाईको प्रतिक्रिया