कला क्रान्ति इटहरी,  किरात राई यायोक्खा सुनसरीको ३० आंै स्थपाना दिवस तथा किरात राई सुम्नीमा संघ सुनसरीको १३ औं स्थापना दिवसको असवर पारेर सुनसरीको इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरियो ।

किरात राई सुम्नीमा संघ प्रारम्भीक कार्यसमीती इटहरी ६ तथा किरात राई यायोक्खा इटहरी ६ ले स्थापना दिवसको अवसर पारेर पुुर्व क्षेत्रमा रगतको अभाव भई रहेको तर्फ मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको जनाइएको हो । आन्तरीक राजस्य कार्यलय इटहरीका अधिकृत भोगीराज चाम्लीङ राईको प्रमुख आतित्थ्यता सम्पन्न रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेको सुम्नीमा संघकी अध्यक्ष दिप्ता राईले जानकारी दिइन । स्थापना दिवसको अवसर पारेर हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गरिदै आएको भएपनि यस पटक पुर्व क्षेत्रमा रगत संकलन कम भई रहेको प्रकासमा आइरहेको तर्फ ध्यान दिदै रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको माया राईले वताइन । जिल्लामा रक्त अभाव भइरहेको अवस्थामा अाजको यस रक्तदान कार्यक्रमले ठुलो सहयोग पुग्ने किरात राई सुम्निमा संघ कि सचिव माया बान्तवा राईले अाफ्नो धारणा राख्नुभएको छ। अाजको यश रक्तदान कार्यक्रममा ७५ पिन्ट रक्त संकलन भएको जानकारी अायोजकबाट प्राप्त भएको छ।

 रक्तदान जीवनको दान ….

छैन यो भन्दा कुनै ठूलो दान…!

धर्म छैन गरेर धनको दान.. किन गर्छो धनलाई बदनाम..?

गरि एक थोपा रक्तको तिमी दान….

अाशिष अनगिन्ती गरेर जीवनको दान…….

अाउँ मिली गरौं यो पुण्य काम…

गरौँ सबै मिलेर अमुल्य रक्तदान……

 

तपाईको प्रतिक्रिया