इटहरी । अन्तराििष्टय युवा दिवस अगष्ठ १२का दिन सुनसरीका युवाहरुले युवाका लागि सुरक्षीत स्थान भन्ने नाराका साथ भव्य रुपमा मनाउने भएका छन ।

विगत आठ वर्ष देखि इटहरीमा अन्तराष्ट्यि युवा दिवस औपचारिक कार्यक्रम गरी युवाहरुले भव्य रुपमा मनाउदै आएका छन । यस वर्ष पनि साताव्यापी युवा दिवस मनाउनका लागि हर्कजगं एभेगं लिम्बुको संयोजकत्वमा जिल्लामा युवाका क्षेत्रमा काम गर्दै आएका सामाजिक संस्थाहरु सदस्य रहने गरी अन्तराष्ट्यि युवा दिवस २०१८ मुल आयोजक समिति गठन गरिएको छ । दिवसलाई सफल पार्न विभिन्न उप समितिहरु समेत गठन गरिएको वताइएको छ ।

सप्ताहव्यापी कार्यक्रममा युवा महिला, पछाडि पारिएका जातजाति, अल्पसङ्ख्यक, जोखिममा परेका, दलित, मधेसि, लगायत विभिन्न समुदायका युवालाई समेटेर साता भरि प्रजनन् स्वस्थ्य चेतना, रक्त्तदान कार्यक्रम, क्लेज स्तरिय हाजिरी जवाफ प्रतियोगिता, स्लो बाईक रेसिङ्ग, दौड, कविता महोत्सव, सुरक्षित गर्भपतन सम्बधि नाटक प्रर्दशनि, कलेज स्तरिय नृत्य प्रतियोगिता, सडक सुरक्षा सम्बन्धी चालक संग अन्र्तराक्रिया, स्वस्थ्य सिविर रक्त जाचँ कार्यक्रम, महिला हिँसा विरुद्ध अभियान जस्ता कार्यक्रमहरु गरीने संयोजक लिम्बुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया