मदन अधिकारी / मधुवनमा क्रियाशिल भइ खेलकुद क्षेत्रमा काम गरिरहेको क्लव मधुवन युनाइटेट क्लब हो । सो क्लवले गत आर्थिक वर्षमा मधुवनमा फुटवल प्रतियोगिता गराउने उद्देश्यले नगरपालिकामा १ लाख बराबरको रकम उपलब्ध गराइ दिन प्रस्तावना पेस ग-यो ।

प्रस्तावना पस गरेपछी नगरपालिकाबाट ४० हजार पेश्की बापत रकम लिएको संस्थाका सचिव अमृत भुजेल बताउँछन् । भुजेलका अनुसार नगरपालिकाले ४० हजार पेश्की बापत र बाँकी ६० हजार रुपैंया आर्थिक वर्षको अन्त्य तिर लैजानु भन्ने नगरपालिकाले भन्यो । सोही अनुरुप ४० हजार रुपैंया समितिले ल्यायो । तर बाँकी आश्वासन अनुरुपको ६० हजार रकम निकासा हुन सकेन र कार्यक्रम भएन । प्रतियोगितानै आयोजना नभए पछि नगरपालिका बाट पेश्कि स्वरुप लिएको रकम संस्थाकै खाताका रहेको छ ।

प्रावधान अनुसार काम सम्पन्न भए पछि मात्र रकम निकासा गर्नु पर्दछ । तर नगरपालिकाबाट क्लबले सहजै प्रस्तावना बुझाएको भरमा रकम निकासा भएको छ । खेलकुद क्षेत्रमा रकम निकासा गर्ने नगरपालिकाका सामाजिक शाखा प्रमुख अरुण मेहता यसरी प्रस्तावनाकै भरमा रकम निकासा नहुने बताउँछन् । कार्यक्रम सकिएपछि नगरपालिकाको अनुगमन समितिले अनुगमन गरेर ठीक साँचो भएको प्रमाणित भएपछी मात्र रकम निकासा हुने प्रावधान रहेको उनले बताए ।

उनीे आफुले काम गर्न थालेपछि त्यसरी रकम निकासा नभएको बताउँछन् । सो अगावै त्यस्तो भएको भए कारवाही गर्ने उनको भनाई छ । यता क्लवका सचिव भुजेल भने प्रस्तावनाकै भरमा नगरबाट रकम निकासा भएको जिरिक गर्छन् ।

तपाईको प्रतिक्रिया