सुनसरी /  प्रहरीलले नेत्र बिकम चन्द बिप्लव माओवादीका सुनसरी जिल्ला सेक्र्रेटरी सहित चार जनालाइ पक्राउ गरेको छ । उनीहरुलाइ इटहरी उपमहानगरपालिका क्षेत्रबाट पका्रउ गरिएको इलाका प्रहरी कार्यलय इटहरीका प्र्रहरी नायब उपरिक्षक डिएसपी शिब श्रेष्ठले जानकारी दिनुभयो । पका्रउ पर्नेमा सुनसरी जिल्ला इञ्चार्ज पुष्प कोइराला र संंखुुवासभाका डीबि सिलवाल रहेको छन । अन्य दुइ जनाको नाम भने गोप्य राखिएको र उनीहरु निर्दोष समेत हुनसक्ने डिएसपी श्रेष्ठले बताउनुभयो । कोइराला सुनसरीको बिभिन्न स्थानमा भएको बम बिष्फोटको घटनामा संंगलग्न रहेको प्रहरीको दाबी छ । यस्तै सिलवाल संंखुुवासभामा रहेको अरुण तेसो्र जलबिधिुत परियोजनाको कार्यलय लगायत बिभिन्न स्थानमा भएको बम बिष्फोटको घटनामा संगलग्न रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथी थप अनुसन्धान भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया