विराटनगर । प्रदेश नम्बर–१ को प्रदेशसभाबाट घरेलु हिंसासम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेस गरेको सो विधेयकमाथि सैैद्धान्तिक छलफलपश्चात् शुक्रबार विधेयक बहुमतले पारित भएको हो । विधेयकमा पीडितका लागि प्रत्येक स्थानीय तहमा संरक्षण अधिकृतको व्यवस्था गर्ने, पीडितको पुनःस्थापना केन्द्र स्थापना गर्ने, पीडकको सम्पत्ति पीडितलाई उपलब्ध गराउने लगायतका विषय उल्लेख छन् ।

तपाईको प्रतिक्रिया