मञ्जु तिमसिना

इलाम ।  पुर्वी नेपालका सात जिल्लामा उन्नती समावेशि कार्याक्रम संचालन भएपछि किसान, उद्योगी र बजारीकरण गर्ने व्यवसायीका लागि बरदान सावित भएको छ । सन् २०१८ को अत्यसम्म संचालित उन्नती समाबेसी कार्यक्रमले सात जिल्लाको कृषि क्षेत्रमा एक अरब लगानी गरेको हो ।

पुर्वी इलामका डेरी उद्योगी तुलु तामाङ्ग बजारको माग घट्ने वित्तिकै चीज स्टोर गर्ने स्थान अभावले पिरोलिन्थे । उत्पादनको तुलनामा माग कम भएपछि चीज स्टोरका लागि झापाको विर्तामोड पुग्नुपथ्र्यो । तर, उन्नती समावेसि कार्यक्रमपछि तामाङ्गको लक्कि डेरीमा स्टोरको समस्या हट्नुका साथै प्रशोधनको क्षमता वृद्धि भएको छ ।

चिया उद्योगी काजिमान कागतेलाई उद्योगको भवन विस्तारमा लगानीको अभाव थियो । उन्नती कार्यक्रमबाट ५० प्रतिशत अनुदान पाएपछि अहिले सूर्योदय चिया उद्योगको भवन विस्तार भएको छ ।

पूर्वी नेपालका सात जिल्लामा डेनमार्क सरकारको सहयोगमा कृषि विकास मन्त्रालयले उन्नती समावेशि कार्याक्रम संचालन भएपछि किसान, उद्योगी र बजारीकरण गर्ने व्यवसायीका लागि बरदान सावित भएको  काजिमान कागतेले बताए  ।

किसानलाई उत्पादनमा, उद्योगीलाई प्रशोधनको प्रवद्र्धन र व्यवसायीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारको पहुँजसम्म पु¥याउन अनुदान दिएपछि पुर्वी नेपालमा कृषिजन्य उद्योग स्थापनाको क्रम बढेको छ । सन् २०१४ बाट शुरु भएको उन्नती समावेशी कार्याक्रमबाट इलाममा मात्रै चिया क्षेत्रमा ५७, डेरीमा २९, अलैचीमा १५ र अदुवामा ३ वटा आयोजना मार्फत ४३ करोड ३० लाख लगानी भएको छ ।

गुणस्तरीय कर्चापदार्थ उत्पादन र प्रशोधनका लागि सीप, उद्योगको विस्तार तथा मेसिन औजार जडान र बजारीकरणमा सहयोग गरेपछि किसानदेखि उद्योगको क्षमता अभिवृद्धिसँगै गुणस्तरीय उत्पादन हुँदै आएको उन्नति समावेशि कार्याक्रमका सामाजिक अर्थ विज्ञ केशव सिलवालले जानकारी दिए ।

सन् २०१८ को अत्यसम्म संचालित उन्नती समाबेसी कार्यक्रमले डाइरेक्ट सपोट र उन्नती च्यालेन्ज फण्ड मार्फत पुर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ्ग, तेह्थुम, धनकुटा, भोजपुर र संखुवासभाको कृषि क्षेत्रमा एक अरब अनुदान लगानी गरेको छ ।

तपाईको प्रतिक्रिया