युवराज विष्ट

भोजपुर ।  साउन महिना वित्न लाग्दा भोजपुर जिल्लामा ८४ प्रतिशत मात्र रोपाई सकिएको साविक जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष भोजपुरमा कम वर्षात भएको कारण जिल्लाको कुल धान फल्ने क्षेत्रफलको १८ हजार ९७ हेक्टर क्षेत्रफल मध्ये हाल सम्म ८४ प्रतिशत रोपाई सकिएको कार्यालयको भनाई छ ।

धान खेती हुने क्षेत्र मध्ये ७० प्रतिशत हेक्टरमा आकासे पानीको भर पर्नु पर्ने किसानको वाध्यता रहेको छ, भने ३० प्रतिशतमा मात्र सिंचाई सुविधा पुगेको कृषि प्राविधि युगमणी भट्टराईले जानकारी दिए । गत वर्षको तुलनामा यस वर्ष करिव एक हजार खेती योग्य जमिनमा कृषकले अन्यवाली लगाएको कार्यालयको भनाई छ ।

गत वर्ष भोजपुरमा ३७ हजार मेटीकटन धान उत्पादन भएको तथ्याङ्क रहेको छ । जिल्लाको ७ सय हेक्टरमा हिउदे र वर्षे धान हुने गर्दछ भने अन्य ठाउमा वर्षे धान हुन गर्दछ ।

साउन महिना आधा वित्न लागे पनि निरन्तर वर्षात नभएकाले गत वर्षको तुलनामा यो वर्ष कम मात्र रोपाई भएको कार्यालयको भनाई छ । वर्षातका कारण गत वर्षको तुलनामा यस धान खेती कम हुन सक्ने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया