इटहरी । अघिल्लो बर्षको तुलनामा यो बर्ष प्रदेश एकमा बलात्कारका घटना झण्डै २ गुणाले बढेको पाइएको छ । प्रदेश एकमा बलात्कारका घटना संगै अपराधिक गतिविधिहरू तेब्बरले बढेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ । प्रदेश एकको प्रहरी कार्यालय बिराटनगरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बिभिन्न १४ जिल्लामा सबै भन्दा लागु औषधका घटना बढी भएको देखाएको छ । दोश्रोमा बलात्कारको घटना देखाएको छ । प्रदेश एकमा पछिल्लो आर्थिक बर्ष ७४ , ७५मा मात्रै ३ सय ८४ बलात्काका घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो तिन बर्ष यता हेर्ने हो भने प्रदेशमा कूल १ हजार २९ वटा बलात्कारका घटना भएको देखिएको छ । यो बिवरण हेर्ने हो भने प्रदेश एकमा दैनिक एक देखि २ वटा सम्म बलात्कारका घटना भएको मान्न सकिन्छ ।

यहि घटनालाई मध्यनजर गर्दै जिल्लामा तुलना गर्दा सबै भन्दा बढी सुनसरिमा ७८ वटा बलात्कारका घटना भएको देखिन्छ दोश्रोमा मोरङ ५८ वटा र तेश्रोमा झापा ३८ वटा बलात्कारका घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सबैभन्दा कम पहाडि जिल्ला तेह्रथुममा १३ वटा बलात्कारका घटना सार्वजनिक भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।त्यसैगरी पूर्वि पहाडी भेगहरू इलाम , पाँचथर , ताप्लेजुङ , धनकुटा , संखुवासभा , खोटाङ , भोजपुर , संखुवासभा ओखलढुंगा र उदयपुरमा बलात्कारका घटनाहरू न्युन रहेका छन ।

पछिल्लो समय बढदो शुचना प्रविधि संगै बिकसित सामाजिक सञ्जाल फेशबुक , इमो लगायतका माध्यमहरूबाट यस्ता घटनाहरू बढेको प्रहरी अनुशन्धान बताउछ । यसैबिच अघिल्लो बर्षको तुलनामा आर्थिक बर्ष ७४ । ७५मा अपराधिक घटना तिन गुणाले बढेको पाइएको छ । प्रदेश एकमा एक बर्षको अवधिमा ७ हजार७ शय अपराधका घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । जसमा सबै भन्दा बढी सुनसरीमा अपराधिक गतिविधि भएको प्रतिवेदनले उल्लेख गरेको छ ।

सुनसरीमा अघिल्लो आर्थिक बर्ष ७४ । ७५मा १ हजार ९ सय ९० अपराधिक गतिबिधि भएका छन जसमा सबैभन्दा बढी लागुऔषध कारोबार रहेको प्रहरी प्रतिवेदनले उल्लेख गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरले १४ वटै जिल्लाको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सबै भन्दा कम अपराध हुने जिल्ला पूर्वि पहाडी जिल्लाहरू रहेको बताइएको छ ।

बिगतको बर्षहरूको तुलनामा अघिल्लो बर्ष अत्याधिक अपराधिक गतिबिधि भएकोले अब प्रदेश एकको १४ वटै जिल्लामा नयाँ शुरक्षा रणनीति अपनाइने प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायब महानिरीक्षक (डीआईजी) केदार रिजालले बताउनुभयो । उहाले अब प्रदेशको संघिय संरचना अनुसारकै शुरक्षा रणनीति बनाइने र बिशेष गरी बढी अपराधिक गतिबिधि हुने जिल्लालाृइ निगरानीमा राखेर काम अघि बढाइने पनि बताउनुभयो । खुल्ला सिमाना भएका जिल्लाहरूमा थप शुरक्षा स्थिती बलीयो बनाउन जनशक्ति बढाउने तयारी भइरहेको पनि उहाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया