राप्रपा (प्रजातान्त्रिक) पार्टीका महामन्त्री सुनिलबहादुर थापाको स्पेशखबर डट कममा सम्प्रेषित समाचारप्रति सोहि पार्टीको सह-महामन्त्री सुरेश आचार्यले आपत्ति प्रकट गरेका छन् ।

सह-महामन्त्री आचार्यले आफ्नो फेसबुक मार्फत प्रेस विज्ञप्ति नै जारी गरि थापाले राप्रपा (प्रजातान्त्रिक) पार्टीलाई नै अर्को पार्टीमा बिलय गर्ने, र त्यो षडयन्त्रमा बिफल भएमा आफै अर्को पार्टीमा बिलिन हुने चलखेल सुरू गरेको राप्रपा (प्रजातान्त्रिक) का धेरै नेता/कार्यकर्ताले गरेको आशंकालाई थापाको उक्त अन्तरवार्ताले पुष्टी गरेको बताएका छन् ।

त्यस्तै आचार्यले पार्टीको राजसंस्था र हिन्दु राज्यको धारणा विरूद्ध आएको थापाको अन्तरवार्ता पार्टीको विधान, चुनावी घोषणापत्र र केन्द्रीय कार्य समितिको बैठकबाट सर्वसम्मतीले पारीत राजनीतिक नीतिपत्रको अक्षर र भावनाको पूर्ण विपरित भएको भन्दै पार्टीका अध्यक्ष श्री पशुपतिशम्शेर जबरा लगायतको ध्यानाकर्षण समेत गरेका छन् । साथै, उनले पार्टीले तत्कालै आधिकारिक रूपमा यस बारेमा स्पष्ट पार्नुपर्ने धारणा राख्दै थापाको गतिविधीप्रती दुर्भाग्य समेत प्रकट गरे ।

तपाईको प्रतिक्रिया