इटहरीमा सडक व्यापार निक्कै फस्टाएको छ । धातुमा सियोदेखि फालीसम्म, तरलपदार्थमा पानीदेखि पानीपूरी सम्म सडकमा पाइन्छ । त्यसरी नै पहिरनमा चप्पल देखि सिर ढाक्ने टोपी लगायतका विभिन्न समानहरू सडकमै उपलब्ध हुन्छन् । पैसा हुने र नहुने अर्थात कमहुने सबै किसिमका ग्राहकहरूका लागि अबैधानिक नै भएपनि आकर्षणको स्थल बन्दैछ इटहरीको सडक व्यापार । सडम पेटीमा पाइने सामान र उत्पादित वस्तुको बिक्रीस्थल धुलो र धुवामा हुने भएकोले उपभोक्ताको स्वास्थ्यका समस्याहरु आएको पनि नसुनिएका र नभोगिएका छैनन् ।
गुणस्तर विभाग र उपभोक्ता मञ्चहरू जता ठुला महल त्यतै मात्र अनुगमन गर्ने तर सडकतिर त्यति ध्यान नदिने कारणले ग्राहकले कस्तो सामान सडकबाट उपभोग गरिरहेको छ र कस्तो सामान तथा उत्पादनहरू बिक्री गरिरहेका छन् बिक्रेता, यो कुरा जान्दाजान्दै पनि अन्जान बनेका छन् । हतार—हतारमा सडकमा सस्तो सामान पाइयो भनेर किन्ने अनि फुर्सदमा पछुताउने उपभोक्ताको बानी भएको छ ।
विभिन्न समयमा सडक र त्यससँग सम्बन्धित व्यवसायलाई व्यवस्थित पनि नगरिएको होइन । तर बढ्दो बेरोजगारीलाई नियन्त्रण गर्न र नीतिगत कुराको दीर्घकालीन विकास नगरिँदा जटिलताहरू बाहेक अरु सुधार देखिएको छैन । एउटा पछि अर्को समस्याहरू थपिँदै गएका छन् । बढीरहेकको जनसँख्या र त्यसमा पनि गरिबीको दुष्चक्रले गर्दा सडक व्यापारमा नयाँ आउने र पुराना हराउने क्रम रोकिएको छैन ।

तपाईको प्रतिक्रिया