इटहरी । हरेक वर्ष आउने साउन महिना महिलाहरूका लागि विशेष हुन्छ । वास्तवमा साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । पौराणिक मान्यता अनुसार साउन महिना देवताहरूका पनि देवता महादेव शंकर अर्थात् शिवको महिनाका रूपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेकी हुनाले भगवान् शिवलाई यो महिना विशेष हुन गयो ।

हुन त शिवको पूजाआजा बालाचतुर्दशी मंसिर, माघे संक्रान्ति माघ, शिवरात्री फागुन, अक्षय तृतीया वैशाख जस्ता अरू महिनामा पनि विशेष रूपमा हुन्छ । यद्यपि महिनाभरि नै शिवको पूजा हुने महिना भने साउन मात्र हो । यसै अवसरमा इटहरीका बिभिन्न क्षेत्रमा आबद्ध महिलाहरुलाई हामीले ‘साउन कस्तो लागिरहेको छ’ ? त भन्ने प्रश्न गरेका थियौ । वहाँहरुको प्रतिकृया यस्तो छ ।

बिष्णु धमला (प्रहरी)

 

जागिरको कारण टाईम टेबल नमिल्ने हुदा ब्रत बस्न मिलेन, फेरी अलि सन्चो पनि भएन । १५ बर्ष जागिरे जिवनमा दुईपटक मात्र साउनको ब्रत बसेको र ब्रत नबसे नि साउन र शिव प्रति मनमा आस्था सदैव छ । माछामासु भने बारेको छु ।

अञ्जली गुरुङ (गृहणी)

 

मलाई त एकदम लागेको छ । म सानै छदा देखि ब्रत लिने गरेको छु, कहिले छुटाएको छैन । झन साउनको ब्रत मेरो लागी बिशेष हो । ब्रतमा मैले परिवारिक सुख शान्ति श्रीमानको आयु लामो होस भन्ने मनोकाक्ष राखेको छु । मेरो बाजे नै शिव भक्त भएकाले पनि सानैबाट शिवको आस्था मनमा छ । बोलबम जाने तयारीमा पनि छु ।

बालिका भट्टराई (योग प्रशिक्षक)

 

साउन भन्ने बितिकै हरियो चुरा पोते मेहेन्दी लगाउछौ । मैले पनि लगाउदै आएको छु । शिवको आराधाना गदै हाम्रो परम्परालाई जिवन्त राख्न यो महिना बिशेष छ । म पनि ब्रत बसेकी छु । ब्रत धार्मिक सगै बैज्ञानिक रुपले पनि स्वास्थमा फलदाय हुने गर्छ । म आफै भेजिटेरियन पनि हु खानेकुरामा त्यति मलाई असर पदैन ।

साबित्रा नेपाल (ब्यूटिसियन)

 

साउन महिना शिवजीको अति नै प्रिय र पवित्र महिना भएकाले पार्लरमा महिला दिदिबहिनीहरु हातमा पहेलो हरियो चुरा र मेहेन्दी लगाउन आउनु हुन्छ । म भने धर्म–कर्ममा एकदमै आस्था राख्छु जसले गर्दा साउनको सोमबार कुनै तिर्थस्थलमा गएर ब्रतालु भक्तजनको सेवामा पानी बाडेर मनाइरहेको छु । साउनमा माछामासु भने खान्न ।

भेसजा काफ्ले (प्राध्यापक)

 

साउन अरुलाई भन्दा मलाई खासै फरक लाग्दैन । साउनमा ब्रत लिने पुजा गर्ने भन्ने कुरा अरु दिन पनि लिइन्छ । मलाई साउन बिशेष लाग्दैन । हरियो चुरा भने लगाको छुु । अध्यापनमा समय दिनु पर्दा ब्रतले असर गर्छ त्यस कारण मैले ब्रत लिएको छैन ।

गंगा गौतम (लोक गायिका)

 

साउन भन्दा पनि भदौ मेरो लागी महोत्वपूर्ण छ । तिजको लागी ३ वटा म्युजिक भिडियो बनाउनमा व्यस्त छु । साउनको ब्रत पनि राखेको छु गित रेकडिङ भिडियो सुटको चटारोमा पनि छु ।

रञ्जना पौडेल (संञ्चारकर्मी)

 

साउन महिनामा महिलाले मेहेन्दी, हरियो चुरा तिर्थ ब्रत बस्ने गरिन्छ । महिला भएपछि श्रृगाररिनु स्वभाबिकनै हो तर हातको मेहन्दी सुक्न नपाई रिपोङिमा जानुपर्दाको खिन्नता पनि आफुसग छदैछ । त्यसैले सञ्चारकर्मी महिलाहरुले नत माघलाई अत्याधिक जाडोको महिना भन्न मिल्यो नत श्रावणलाई श्रृगारको महिना ।

प्रतिक्षा प्राप्ती अधिकारी (महिला अधिकारकर्मी)

हिन्दु नारीको महान पर्व मध्य साउन पनि एक हो त्यसैले मेरो लागि विशेष पुजा आराधाना लाई नै बिशेष जोड दिएको छु । साथीसंगी सँग दुखसुख साट्ने मैका नी मिल्या छ । साउनको ब्रत भने मेरो पहिलो अनुभव हो ।

साभार- purbelinews.com

तपाईको प्रतिक्रिया