ईटहरी । सुनसरीको इटहरीमा दोस्रो मिस्टर पुर्वाञ्चल स्नोकर च्याम्पेन्सीप प्रतियोगिता सुरु भएको छ ।

सिटी हेल्थ तथा स्नोकर हाउस इटहरीको आयोजनामा दोस्रो पुर्वाञ्चल स्तरीय प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा पुर्वमा विराटनगर, धरान, विर्तामोड,लालभित्ती, विराटचौक लगायतका ठाउँका ५४ जना खेलाडिहरुको सहभागिता रहेको आयोजक सिटी हेल्थ तथा स्नोकर हाउसका आयोजक सरोज कार्कीले जानकारी दिए । उनले दोस्रो पुर्वाञ्चल स्नोकर च्याम्पेन वन्नेले ४० हजार नगद सहित प्रमाण पत्र ,दोस्रो हुनेले नगद २० हजार प्रमाण पत्र , तेस्रो हुनेले १० हजार प्रमाण पत्रले पुरस्कृत हुने वताए । त्यसै गरी हाइस्कोर बे्रकरले १० हजार नगद र प्रमाण पत्र प्रदान गरिने समेत जनाइयो । यस अघि पहिलो मिस्टर पुर्वाञ्चल स्नोकर प्रतियोगितामा च्याम्पेन विकास गुरुगं भएका थिए ।

तपाईको प्रतिक्रिया