मोरङको सुरन्दहरैचामा रहेको पूर्वाअञ्चल विश्वविद्याल संरक्षणको अभाबमा बेहाल बन्न पुगेको छ । सरकारले दुई दशकअघि गोठगाउँ स्थित राष्ट्रिय वनको ८ सय ५ बिघा जमिन र करिब करोडौ लागतमा निर्मित भौतिक पूर्वाधारहरु लथालिङ्ग अवस्थामा छन । सरकारले २०५२ सालमा मोरङको गोठगाउ“ स्थित राष्ट्रिय वनको ८ सय ५ बिघा जमिन लिएर मेडिकल कलेजले भौतिक पूर्वाधारहरु निर्माण गरेको थियो । तर सञ्चालन, रेखदेख र संरक्षणको अभावमा भवन लथालिङ्ग अवस्थामा छ भने विश्वविद्यालय घासे मैदान र गौचरणमा परिणत भएको छ । पुर्वी नेपालको गौरवको रुपमा स्थापित पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेजका लागि करोडौ लागतमा निर्मित भबनहरु सञ्चालन नहुदा जंगल भित्रको भुतवंगला जस्तो भएको छ । कलेजका सयौ“ वेड प्रयोगविहीन छन् । 

पूर्वाअञ्चल विश्वविद्याल भित्रका करोडौ लागतका निर्मित भबनहरु अहिले जंगल भित्रको भुत घर जस्तै देखिन थालेको छ । अत्याधुनिक र आर्कषक भबनहरु घाँस जंगलले घेरीरहेको कारण समस्या आएको छ । अधिकांस भवनहरु चर्किएका मात्र छैनन् माकुराको जालोले गाजिएका पनि छन । इटहरीबाट विश्वविद्यालयमा पुगेका खेम कोईरालाले विश्वविद्यालय लथालिङ्ग अवस्थामा रहेको जनाए । पूर्वाअञ्चल विश्वविद्याल अँर्तरगत रहेको मेडिकल क्याम्पसकी क्याक्पस प्रमुख कविता अधिकारीले पछिल्लो केहि वर्ष यता विश्वविद्यालय भित्र घाँस पलाएको बताईन । पढाईको विषयमा विश्वविद्यालय सुध्रदै गएको जनाउँदै उनले भनिन् िवश्वविद्यालयको वालहरु भत्किएको कारण स्थानीयले पालेको गाई,बाख्राहरु चरणमा आउँने गरेको छन । धेरै जमिन भएको कारण संरक्षण गर्ने समस्या भईरहेको उनी बताउँछिन । विश्वविद्यालयमा भित्र समस्या धेरै भए पनि सुधारउन्मुख रहेको पूर्वाअञ्चल विश्वविद्यालयका डिन सिद्धार्थ कोइरालाले बताए । अहिले अधिकांस भवनहरु भुकम्पका कारण जिर्ण बन्दै गएको स्वीकार गदै कोईरालाले भने भवन मर्मत गर्ने खर्च अभाबकै कारण समस्या भईरहेको उनी बताउछन । मर्मत अभाबमा आर्कषक भबनहरुको बेहाल हुन पुगेको छ । भबनहरु घाँसले घेरिएका छन । पूर्वाअञ्चल विश्वविद्याल सार्वजानीक सम्पती भएकाले यसको संरक्षणमा प्रदेश सरकाले ध्यान दिनु पर्ने स्थानीयहरुले माग राख्दै आएका छन ।

तपाईको प्रतिक्रिया