इटहरी । मोटरसाईकल तथा स्कुटरका पुर्व क्षेत्रका उपभोक्ताहरुको  रोजाईमा टिभिएस कम्पनीका उत्पादनहरुको माग वढ्न थालेको समयमा मोरगंको सुन्दरहरैचा नगरपालिका स्थित विराट चौकमा अत्याधुनिक सर्भिसिगं सहित शो रुम सञ्चालनमा ल्याइएको छ । विराट चौकका व्यवसायीद्धय खेमराज दाहाल र गोविन्दअधिकारीले टिभिएस कम्पनीका मोटरसाईकल र स्कुटीहरुको विक्री वितरण मर्मत तथा पार्टसहरु एकै ठाउँमा पाइने शो रुम सञ्चालनमा ल्याएका हुन । सन्१९९८ देखि नेपालमा विक्री वितरण सुरु गरेको टिभिएस कम्पनीका उत्पादनहरु पछिल्लो तीन वर्ष यता देखि जगदम्बा मोर्टसले बजार प्रवर्धन गर्न थालेपछि देखि माग बढेको पाइएको केन्द्रीय वितरक शुसिल पौड्यालले वताए ।

पुर्वका उपभोक्ताहरुको रोजाइमा पर्न थालेको टिभिएस कम्पनीका १२ प्रकारका मोटरसाईकल र ५ प्रकारका स्कुटरहरु सबै पाइने , त्यसका पार्टस र मर्मतको समेत व्यवस्थित साथमा शो रुम सञ्चालनमा ल्याएको सञ्चालक खेमराज दाहालले जानकारी दिए । उनले यस क्षेत्रमा टिभिएसको मागलाई मध्यनजर गर्दै विक्री ,मर्मत र पार्टसहरु सरल रुपमा पाइने व्यवस्था मिलाइएको समते दाहालले वताए । जगदम्वा मोर्टसका प्रतिनिधीहरुले मुलुकभर ८०बटा शो रुम र १५० बटा सर्भिस सेन्टर रहेको जानकारी दिए । विराटचौकमा नयाँ शाखा सञ्चालनमा ल्याउने क्रममा टिभिएसका विभिन्न मोटरसाईकल र स्कुटरहरुको र्याली निकालेर विराटचौकको बजार क्षेत्र परिक्रम गरी औपचारिक कार्यक्रम गरी शो रुप उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो ।

तपाईको प्रतिक्रिया