इटहरी । सुनसरीको दुहवी नगरपालीका वडा नम्बर ८ मा अवस्थित बिष्णु माध्यमिक बिद्यालयको नाममा रहेको १८ कठ्ठा ५ धुर जग्गाकरिब चालिस घरपरिवारले अतिक्रमण गरेको पाईएको छ ।
बिष्णु माविको नाममा पुर्जा रहेको किता नम्बर २२६को जग्गा करिब दश बर्ष देखि बिभिन्न समुहले अतिक्रमण गरि वस्ति नै बसाएको पाईएको हो ।  बिद्यालयका प्रध्यानध्यापक पुष्प बहादुर कार्कीले  “बिद्यालय जिर्ण बनि सकेको छ भौतिक पुर्वाधारहरु भत्किन थालेका छन्, बिद्यार्थीहरु त्रासमा पढि रहेका छन् ।” बिद्यालयको अवस्था परिवर्तन गर्न सक्ने भए पनि पहिलेको बिद्यालय व्यवस्थापनको कारण बिद्यालयको जग्गाहरु अरुले अतिक्रमण गरि सकेका छन् ।
बि.स २०११ सालमा स्थापना भएको बिष्णु माध्यमिक बिद्यालयसंग करिब बिश बिघा जमिन रहेकोमा अहिले जग्गाको विवरण लथालिंग बनेकोको छ । बिद्यालय व्यवस्थापन नयाँ आए संगै बिद्यालयको जग्गा खोज्ने क्रममा किता नम्बर २२६को १८ कठ्ठा ५ धुर जग्गामा अतिक्रमण गरेको पाईएको बिद्यालय व्यवस्थापनका अध्यक्ष तारिकचन्द्र सरदारले बताए । बारम्बार वस्ति खाली गर्न जानकारी गराउदा समेत गाउँवासिहरुले खाली नगरेको अध्यक्ष सरदार बताउछन् ।
कसैसंग लालपुर्जा नभए पनि एकआपसको समझदारीमा बिद्यालयको जग्गा किनबेच समेत हुने गरेको छ । जसमध्ये बिद्यालयको जग्गा अतिक्रमण गरि बसेका राजु तामाङ्गले ठुली राजबशींलाई तिन लाखमा बिक्रि गरेका छन् । ठुली राजबशींले एक लाख ५० हजार बुझाई सकेको बताएकी छिन् । यता बिद्यालयको जग्गा बिक्रि गर्न लागेको राजुकी आमा मखमली तामाङ्ग भने आफुहरु ३० बर्ष देखि बस्दै आएको र आफु बसेको बाहेक जग्गामा निर्मित घर जग्गा तिन लाखमा बिक्रि गर्ने सहमति बनेको छ । पहिले ऐलनी जग्गा भएर बस्दै आएको अहिले स्कुलको बताउछन खौ के हो ? जस्ले धेरै जग्गा आगटेको छ त्यसलाई मासिक दुई देखि पाचँ हजार सम्म भाडा पनि बुझाउने गरेको स्थानिय वासिन्दा बताउछन् ।

तपाईको प्रतिक्रिया