पथरी । मोरङको पथरीशनिश्चरे १ शिखरचौक देखि हनुमान चौक सम्म २ सय ४० मिटरको कालोपत्रे सडक बनेको ३ दिनमै उप्किएको छ । नगरको ४८ घनमिटर काम ठेक्का मार्फत हिवा निर्माण सेवाक प्रोपाईटर खुम बहादुर थापालाई जिम्मा दिएको थियो । असार मसान्तमा हतारहतार नगरले पथरशनिश्चरे नगरको पथरीबजार बाट बहुमुखी र शिखर चौकबाट हनुमान चौकमा बिग्रिएको बाटो बनाउन भनेर ९ लाख २४ हजार ३ सय २० खर्च बिनियोजन गरेको थियो । शिखर चौकमा मात्र १ सय ४० मिटर मर्मत गर्ने स्टमेटमा नगरले केही पैसा थपिदिने भने पछि २ सय ४० मिटर काम गरेको थियो ।

स्थानियलाई थाहै नदिई हतार हतार कालोपत्रे गरेको २ दिन बित्न नपाउदै सडकमा गिटटी उप्किएको हो । पुरानो कालोपत्रे बाटोको केही ठाउँमा भत्किएकोले निर्माणको लागि नगरले ठेक्का लगाएको थियो । तर काम जिम्मा पाएको हिवा निर्माण सेवाले जनताको आँखामा छारो हाल्ने काम गरेको छ । कालोपत्रे गरेर ढाट लागाएको निर्माण सेवाको कालोपत्रे ३ दिन सम्म पनि नबसेपछि स्थानीय आक्रोशित भएर ढाट हटाएका थिए ।

साउन १० गते बिहिबार गरेको कालोपत्रे अहिले हेर्दा हात र खुट्टाले सजिलै कोट्याउदा आउने गरेको छ भने सो गिटटीमा चिप्लिएर सवारी साधन दुर्घटना हुने जोखिम बढेको छ । नयाँ पिच र पुरानो पिचको बिचमा हिलो लेदो देखिन्छ भने नयाँ पिचमा अलकत्राको मात्र नपुगेको प्रस्ट देखिन्छ । नगरले बजेट पचाउन ठेक्केदार संग सेटिङमा मिली जनताको आँखामा छारो हाल्ने काम भएको स्थानियको आरोप छ ।

हाम्रो अगाडि बाटो बन्दा पनि हामीलाई थाहा दिँदैन नगरले अनि हामीले अब यो नगरलाई के भनेर बुझने जनप्रतिनीधी आएपछी काम राम्रो हुन्छ भनेको झन भष्टचार हुने रहेछ स्थानिय रमेश भण्डारीले भने । अघिल्लो दिन सम्म पनि थाहा थिएन कालोपत्रे हुन्छ भनेर झरि परेको बेला एक्कासी कालोपत्रे गर्न आएर ढाट लगाएर छदाछदैको बाटो बिगारेर दुर्घटना निम्त्याएको स्थानियको गुनासो छ । source – purbelinews.com

तपाईको प्रतिक्रिया