इटहरी । रामधुनी नगरपालिकाले सिमा मिच्दै इटहरी १७ मा स्वागत बोर्ड राखेको छ । इटहरी १७ स्थित कान्छि चौक चतरा सडक खण्डा जाने बाटो नजिक सोमबार रामधुनी नगरपालिकाका कर्मचारीले वोर्ड राखेका हुन ।

रामधुनिले इटहरीसँग समन्वय र छलफल नगरी बोर्ड राखेको भन्दै इटहरीवासीले बिरोध गरेका छन् । इटहरी १७ नं. वडा जाल्पा पेट्रोलपम्प सम्म सिमा तोकिएको छ ।

तर अहिले सिमा भन्दा पाँचसय मिटर वर बोर्ड गाडेपछि इटहरीवासी अच्चमित बनेका छन् । जानकारी बिना सिमा जस्तो संवेदनशिल बिषयमा छलफल नगरी बोर्ड राखेको भन्दै बिरोध समेत शुरु भएको छ ।

इटहरी १७ का राहुल मगरले रामधुनी नगरपालिकाले एक्कासी बोर्ड राखेर अन्यौलता बढाएको बताए । ‘आईतबार साँझसम्म बोर्ड थिएन,’ उनले भने ‘सोमबार बिहान नगरपालिकाका कर्मचारीले गाडीबाट बोर्ड झारेर गाडे’ ।

रामधुनी नगरपालिका र इटहरी उपमहानगरपालिकाको दुवै पक्षबिच समन्वय गरेर मात्र सिमाको बोर्ड राखिनु पर्नै हो तर यहाँ सिमा मिचेर वोर्ड राखियो छ इटहरी १७ का हर्क राईले बताए ।

‘स्थानिय निकायको लागी भोट माग्दा इटहरी १७ लाई मागियो, तर अहिले रामधुनि नगरपालिकाको वोर्ड राखेर सिमा बिवाद गराएको राईले बताए । हामी यसको खुलेर बिरोध गछौ उनले भने ।

इटहरी १७ नं. वडा इटहरीका मेयर द्धावरिकलाल चौधरीको वडा हो । यस बिषयमा इटहरीका मेयर द्धावारिकलाल चौधरीले १७ वडाका स्थानियले फोनबाट जानकारी गराएको बताए । ‘वोर्ड राखिएको छ भन्ने जानकारी आएको छ,’ उनले भने बुझ्न भ्याइएको छैन ।

यता रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले आफु मिटिङ रहेको र पछि कुरा गर्ने बताए । साथै उमपेयर सबिना चौधरीलेसँग यस बिषयमा प्रतिकृया माग्दा भोली कुरा गरौ भनिन् ।

तपाईको प्रतिक्रिया