कृष्ण जुनेली, इटहरी । पुर्वको एक विकसीत सहर इटहरीको विकट तर सुन्दर गाउँ खोर्साने खापमा चार वर्ष अघि सञ्चालनमा ल्याइएको होमस्टे यती वेला लथालिगं वन्न पुगेको छ ।

चार वर्ष अघि २०७०सालमा खोर्साने खापमा रहेका घरहरु मध्ये १० वटामा होमस्टे सञ्चालनमा ल्याइएको थियो । तर गत वर्ष बाढी वस्तीमा पसेर होमस्टेलाई समेत क्षति पुर्याएका कारण गत वर्ष देखि पाहुनाहरु आउन छाडेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर धिमाल वताउछन । पुर्वी तराईमै पहिलो पटक सञ्चालनमा ल्याइएको खोर्साने खाप होमस्टेमा सुरुसुरुमा दैनिक २५ देखि ३० जना सम्म पाहुनाहरु आउने गरेपनि गत वर्ष देखि होमस्टे सञ्चालनमा आउन नसकेको समेत उनले जानकारी दिए ।

उत्तर तर्फबाट बुढी खोला र दक्षिण तर्फबाट बग्ने सेरा खोलाको विचमा रहेको हराभरा जगंल क्षेत्रसंगै छोडिएको खोसार्ने खापमा होम स्टे सञ्चालनमा आएपछि टाढा टाढा देखि पाहुनाहरु आउनेका थिए । धिमाल ,राइ ,क्षेत्री बाहुन साथै अन्य जातजातिको मिश्रीत वसोवास रहेको खोर्साने खापमा होम स्टे सञ्चालनमा ल्याउन प्रोत्साहन स्वरुप २०७०सालमा मेलाको आयोजना गरिएको थियो । ऐलानी जग्गामा बसोवास रहेको खोर्साने खापलाई सुरक्षीत र होमस्टे सञ्चालनमा ल्याएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी तत्कालीन अवस्थामा उपमहानगरपालिकाले समेत सहयोग पुरयाएको थियो । उपमहानगरपालिकाले खोर्साने खाप सम्म पुग्ने सडक निर्माण , पोखरी निर्माण ,फुलवारी वनाउने कार्यमा समेत सहयोग पुर्याएको थियो तर तर अहिले आकर्षक रुपमा वनाइएको पोखरी भैषी आहाल वस्ने ठाउँका रुपमा परिणत भएको देखिन्छ ।

इटहरीको वडा नम्वर ३मा पर्ने खोर्साने खापमा केही वर्ष अघि सम्म होमस्टे सञ्चालनमा रहेको भएपनि ऐलानीमा भएको कारण दर्ता हुन नसकेको वडाध्यक्ष बालकृष्ण विष्ट वताउछन । अहिले वस्ती सम्म पुग्ने सडक तथा झोलुगे पुल वनी सकेको कारण समेत नगरपालिकाले खोर्साने खापलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न उपमहानगरपालिकाले ध्यान दिनु पर्ने उनले तर्क गरे । वडा स्तरबाट आफुहरुले समयसमयमा विभिन्न कामहरु गर्दै आएकोृ समेत उनले जानकारी दिए ।

सुनसान वातारण ,जगंलक्षेत्र विभिन्न प्रजातिका चराहरु समेत अवलोकन गर्न सकिने दुवै तर्फ खोला रहेको स्थान भएको कारण समते मनमोहक क्षेत्र रहेको खोर्साने खापमा पुन होमस्टेका लागि उपयुक्त रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया