विनय प्रधान
धरान । धरान उपमहानगरपालिका मेयर स्व तारा सुब्बालाई् नेपाल सरकारका उप प्रधान तथा रक्षा मंत्री इश्वर पोखरेले राष्ट्रिय झण्डा ओडाएर अन्तिम श्रदाञ्जली अर्पण गरेका छन् । धरानको पव्लिक उच्च माविको खेल मैदानमा सुब्बाको पार्थिव शरीरमा मंत्री पोखरल,लगायत प्रदेश नम्बर १ का मुख्य मंत्री शेरधन राई ,नेपाली कांग्रेस का सांसद मीन कुमार विश्वकर्मा साथै अनय विशिष्ठ ब्यतीत्वहरु र शोकाकुल धरानवासीले फुल माला अर्पण गर्दै अन्तिमा विदाई गरेका हुन् । । श्रदाञ्जली पछी सुब्बाको पार्थिव शरीरलाई धरान नगर परिक्रमा गराइ धरान १९ स्थित हरियाली सामुदायिक बनमा लिम्बु जातिय परमपरा अनुसार दाहासंस्कार गरिन्दै छ ।
नगरसभा आकस्मिक बैठकले सुब्बाको निधन अकल्पनीय तथा असामिक भएको भन्दै पीडादायी घडीमा नगरबासी, सुभेच्छुक, विभिन्न राजनीतिक दलहरू समेतको तर्फबाट श्रद्धाञ्जली समेत व्यक्त गरेको छ ।। त्यस्तै श्रद्धाञ्जली अर्पण गर्न उपमहानगरपालिकामा २ गतेदेखि ७ गतेसम्म शोक पुस्तिका राख्ने, दाहसंस्कार गरेको भोलीपल्ट श्रद्धाञ्जली सभाको आयोजना गर्ने, नगर कार्यपालिकाको कार्यालयमा ७ दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने र शव अन्त्येष्टि गरेको दिन र भोलिपल्ट धरान उपमहानगरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
स्थानीय चुनावमा धरान उपमहानगर प्रमुखमा तात्कालीन नेकपा (एमाले)बाट टिकट पाएपछि सुब्बा धरान नगर प्रमुखमा विजयी भएका थिए । । २०३६ सालदेखि विद्यार्थी आन्दोलनमा होमिएका सुब्बा धरान आएदेखि नै उनले धरानको मेयर भएर जनताको सेवा गर्ने अठोट गरेका थिए । जनताबीच रहेर काम गर्ने उनको धोको पूरा गर्ने अवसर एक वर्षअघिको स्थानीय निर्वाचनले जुरायो र मेयरमा निर्वा्चित भएर धरानलाई समृद्ध शहर बनाउने खाका बनाए । तर उनले देखेको सपना अधुरै बन्यो । तीनवर्ष अघिमात्र मृगौला प्रत्यारोपण गरी महँगो औषधि सेवन गरिरहेका सुब्बालाई चिकित्सकले आराम गर्ने सल्लाह दिएका ता पनि नगरप्रमुख निर्वा्चित भएको एक वर्षपछि ५२ वर्षको उमेरमा उनले मंगलबार दिउसो काठमाडोकको ग्रान्डी अस्पतालमानै निधन भएका थिए ।

तपाईको प्रतिक्रिया