युवराज विष्ट
भोजपुर । जिल्ला अदालत भोजपुुर न्याय सम्पादनमा निकै सक्षक देखिएको छ । अदालतले गत आर्थिक वर्षमा लक्ष्य भन्दा वढी मुद्धा फैसला गरेर त्यो सावित गरेको हो । अदालत आर्थिक वर्ष २०७४÷७५ मा ७८ प्रतिशत वढी मुद्धा फैसला गरेको छ ।
जिल्ला अदातल भोजपुर लक्ष्य भन्दा वढी मुद्धा फैसला गर्न सफल भएको छ । अदालतले गत आर्थिक वर्षमा एक सय ८२ ओटा मुद्धा फछ्यौट गर्ने लक्ष्य राखेकोमा २ सय ७ ओटा मुद्धा फर्छयौट गर्न सफल भएको हो । जिल्लामा अघिल्लो अर्थिक वर्ष र गत आर्थिक वर्षमा परेका २ सय ६५ मा ८५ ओटा फैसाल हुन वाँकी रहेको अदालतले जनाएको छ । त्यस्तै फैसला कार्यन्वयनको अवस्था सत प्रतिशत रहेको जानकारी दिईको छ । यस तर्फ कार्यन्वयन गर्ने लक्ष्य १७ लिएकोमा लक्ष्य भन्दा वढी २४ ओटा फैसला भएका मुद्धा कार्यन्वयन भएको अदालतले जनाएको छ ।
अदालतमा परेका मुद्धा मध्ये सवै भन्दा वढी सम्वन्ध विच्छेद र दोश्रोमा जवर्जस्ती करणीको रहेको अदालतले जनाएको छ । कुल मद्धा मध्ये २२ प्रतिशत अर्थात ५८ ओटा सम्वन्ध विच्छेद मुद्धा परेकोमा ४५ ओटा फैसला भएका छन भने १३ ओटा वाँकी रहेको कार्यालयको भनाई छ । त्यस्तै जिल्लामा करणीमा ३० ओटा मुद्धा परेकोमा २४ ओटा फैसला भएको र २४ ओटा फैसला हुन वाँकी रहेको छ ।
जिल्लामा कुल मुद्धाको पैmसला प्रतिशत ७८ दशमलव ७ रहेको जानकारी दिएको छ । अदालतले सवै कर्मचारीलाई सकृय गराएर समय सारनी फारम अनुसार काम गरेकोले लक्ष्य भन्दा वढी मुद्धा मुद्धा फैसला गर्न सफल भएको अदातलका श्रेष्थेदार मणी पोखेरलेको भनाई छ ।
त्यस्तै मेलमिलापबाट १७ मुद्धा मिलाएको जानकारी दिइएको छ । अदालतले यस आर्थिक वर्षमा बाँकी रहेका ८५ वटा र अनुमानित नया दर्ता १ सय ८३ गरि जम्मा २ सय ४१ मुद्धा हुने अनुमान रहेको जनाएको छ । जसमा फर्छयौट गर्ने लक्ष्य एक सय ८१ राखेको छ ।

तपाईको प्रतिक्रिया