शुभ नारायण कामती
सिरहा  । नेपालको २७६ नगरपालिका मध्ये सबैभन्दा कान्छो कर्जन्हा नगरपालिका । जसको स्थापना २०७३ सालमा साविका कर्जन्हा, बडहरामाल, कल्याणपुर कालाबन्जर र गौतारी गाविस मिलेर ७६.८४ वर्ग किलोमिटरमा ११ वटा वडा भएको नगरपालिकाको स्थापना भएको हो । जसको जनसंख्या ३० हजार ९ सय ६५ छ । जहाँ स्थानीय तहको निर्वाचनमा १० हजार ९ सय ९६ मतदाताले मत दिएर वडा नं. २ र ६ मा तात्कालिन एमाले पार्टीबाट वडा अध्यक्ष निर्वाचित भएका छन् भने बाँकी ९ वटा वडामा तात्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्ष चुनिएका हालका नेकपाका विशुद्ध एकल नेतृत्व छ । तर, अहिले पूर्ण नगरपालिका अस्तव्यस्त अवस्थामा छ ।
घटनाहरु ः
१.    पुरानो ४ गाविस मिलेर बनेका मध्ये कर्जन्हा नगरपालिकाको नामाकरण भएकोले नगरपालिकाको केन्द्र पुरानो कर्जन्हा गाउँविकासको भवन बगहामा तोकियो र नगरपालिकाको पहिलो स्थानीय तहको निर्वाचनमा ४ हजार ३ सय ९ मत ल्याई गंगा पासवान मेयरमा निर्वाचित भएपछि आफ्नो गाउँ कर्जन्हामा नगरपालिकाको कार्यालय सार्ने काममा लागे । आर्थिक वर्ष २०७४÷०७५ सम्मका लागि भाडाको भवनमा कार्यालय निर्णय पहिलो कार्यपालिकाको बैठकबाट गराए । तर, असन्तुष्ट स्थानीय बागबहादुर मगर र ओम प्रकाश महतोले उच्च अदालत राजविराजमा साविककै ठाउँमा केन्द्र हुनुपर्ने भन्दै मुद्दा दर्ता गराए । अदालतले राजपत्रमा तोकिएकै स्थानमा कार्यालय सञ्चालन गर्न परमादेश जारी गर्यो । तर, सो आदेशलाई मेयर गंगा पासवानले पालना नगरेपछि पुनः अर्को अदालतको अवहेलना मुद्दा चलाए । त्यसपछि बाध्यताबश ति भाडाको भवनबाट केही सामग्री सारेर साविककै ठाउँ बगहामा कार्यालय सञ्चालन गरे ।
२.    दोश्रो नगरसभाको बैठकका फेरी केन्द्रकै लागि कर्जन्हा स्थित भाडाकै भवनमा सञ्चालन गर्ने प्रस्ताव ल्याएपछि विवाद शुरु भयो । जसमा नगरपालिकाका उपमेयर लगायत वडा नं. १ देखि ६ सम्म का वडाहरु समेत बिरोधमा आए । यसरी द्घन्द बढदै गएको छ । दैनिक कृयाकलाप ठप्प भएको छ । र, परिणाम तह अस्तव्यस्त हुदै असन्तुष्टि चरणसिमा नाघीसक्यो र नगरपालिकाको कार्यालयमा असार २५ गते राती अज्ञात समुहले कार्यालय भवन भवनमा आगजनी पनि गरे । र वडा नं. ११ को बगहाको अस्थायी कार्यालयको ढोका, कारपेट, टेबुल लगातका सामानहरु जलेर नष्ट भएको छ । झन्डै सबै ठाउँ अस्तब्यस्त छ ।
३.    नगरपालिकामा ११ वटा वडा रहेकोमा वडा नं. ६ का अध्यक्ष जगदिश महतोले सवारी साधन नलिने घोषणा गरेपछि बाँकी १० वडाको ठाउँमा १२ वडा मोटरसाइकल मेयरको लागि चार पांग्रे किनेर पूजापाठ गर्न सप्तरीको सखडा माइस्थानमा लगेका भिकायटोलीनै गएको बखत यसरी भोजभतेर सहितको खर्चको अनियमितताको लागि विवाद उठ्यो र वडा नं. २ का सदस्य तथा कार्यपालिका सदस्य खगेन्द्र लोकान्तरी बिकलाई स्वयम मेयरले कठालो समाति हातपात गर्दा नगरपालिकाकी उपमेयर ज्ञान कुमारी श्रेष्ठ बचाउन र छुट्यान जादा उपमेयर माथिपनि मेयर गंगा पासवानले गालीगलौज गर्दै हातपात गरेको उपमेयर श्रेष्ठ बताउछिन ।
४.    कार्यपालिका सदस्य र उपमेयरमाथि मेयरले गरेको गालीगलौज र हातपातको भिडयो वडा नं. २ का अध्यक्षले आफ्नो मोबाइलमा रेकर्ड गरेको लाई मेयर पासवानले जबरजस्ती मोबाइलखोसी डिलिट गरेको वडा नं. २ का वडा अध्यक्ष गणेश कुमार अधिकारीले बताए ।
५.
बिल भर्पाई मिलाउन नमानेको झोँकमा मेयर गंगा पासवानले कर्मचारी कुटे
नगरपालिकाले खरिद गरेको जेसीबी गाडीको भ्याट बिलबिना नै भुक्तानीको लागि कागजपत्र तयार पार्न भनेको नमानेका कारण नगरपालिकाका जिन्सी शाखा तथा प्रशासन शाखा प्रमुख बलिराम यादवमाथि बिहीबार (श्रावण ३ गते) वेलुका कुटपीट गरेका हुन् ।
बाइट ः
१.    आ.व. २०७४÷०७५ को हिसाब देखाएको छैन, ऐन, कानुन, नियम, कार्यविधी, निर्देशिका बनिसकेको छैन । स्वास्थ्य, शिक्षा, कृषि, पशुमा कुनै कार्य भएको छैन । नगरशिक्षा समितको गठन भएकोछैन, स्थानीय आवश्यकतालाई पहिचान गरेर गर्नुपर्नेमा जिम्मेवारी दिएको छैन । समानिकरण बजेट हुनुपर्नेमा तिन करोड ३ लाख मात्र वडाहरुमा बाँडने काम भएको छ । तर, पनि वडाहरुमा छुट्टयाएको बजेटमा ९८ प्रतिशत काम भइसकेको छ । नगरपालिकाद्घारा गर्न छुट्टयाइएको विकास बजेटमा २५ प्रतिशत पनि सम्पन्न नभएकोमा वडामा काम सम्पन्न भएको कामको बिल भुक्तानीको लागि नगरपालिकामा उपभोक्ता समतिहरु धाइरहेका छन् । कार्यकारी अधिकृत रमेश दास कार्यालयमा बस्दै बस्दैन जसले गर्दा असन्तुष्टिका आगो सल्कदै छ । र यी आगो सल्काउनेका मुख्य कारक कर्मचारी तन्त्र नै हावी भएको वडा नं. २ का वडाअध्यक्ष गणेश कुमार अधिकारी बताउछन् ।
२.    यस्तो असन्तुष्टि र द्घन्दका बिच गर्न लागेको परिषदमा आ.व. २०७४÷०७५ को आयव्यय देखाउन नसकेको र आफू बजेट विनयोजन समितिमा उपसन्योजक रहेको र समितिमा अर्को वडा नं. ४ का वडा अध्यक्ष टेक बहादुर तामांगलाई समेत बाइपास गरी अर्को सदस्य ८ नम्बरका वडा अध्यक्ष प्रकाश अधिकारी र प्राविधिक प्रमुख भनेर राखेका गोविन्द पासवान, कुसे साह र गुवदि पासवान सँगको मेलोमतोमा खर्च प्रतिवेदन बनाई परिषदमा प्रस्तुत गर्न खोज्दा असार ३० गतेको बैठक पनि अस्थकित भएको उपमेयर ज्ञानकुमारी श्रेष्ठले बताउछीन ।
३.    असन्तुष्टिमा एउटा प्रमुख कारण असहमतिको बजेट हो । जसमा कर्मचारी तन्त्र हावी भएको छ । आव. २०७४÷०७५ को बजेटमा प्रत्येक वडामा ३२ लाख बिनयोजन गरियो । जसमा ३० लाखको विकास कार्यको लागि र २ लाख सवारी साधन खरिदको लागि । तर, म आफ्नो वडामा सवारी साधनको आवश्यकता छैन भनी अन्य वडाहरुमा पनि सवारी साधनको विनयोजित बजेट मान्य नहुने भनी वडा नं. ६ का वडा अध्यक्ष जगदिश महतोले बताए ।
४.    यसै क्रममा यूवा स्वरोजगारको लागि प्रत्येक वडाबाट ३०÷३० जना अर्थात ११ वटै वडाका ३३० जनालाई लोक सेवा आयोगको परीक्षाको तयारीको लागि कोचिन कक्षा सञ्चालन गर्न प्रत्येक वडामा ५ लाख छुट्टयाइएकोमा कुनै वडामा पनि सञ्चालन भएन । तर, बजेट खर्च भयो । सो बजेटको हिसाब किताब मिलाउने नगरपालिकाका कार्यकारी अधिकृत रमेश दास नै हो भनी आरोप वडा अध्यक्ष महतोले लगाउछन् ।
यस विषयमा मेयर गंगा पासवानसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । प्रमुख प्रशासकीय अधिकृत मोबाइलको स्विच अफ् गरेर सम्पर्कविहीन भएका छन् । प्रशासकीय अधिकृत दास विगत केही दिनदेखि कार्यालयमा समेत उपस्थित नभएको समेत कार्यपालिका सदस्यले बताएकाछन् छन् ।

तपाईको प्रतिक्रिया