ईटहरीमा प्रदेश १ का ३३ युवाहरुलाई प्रजनन स्वास्थ्य, समलिङ्गी विवाह, आधारभुत शिक्षा, सुरक्षित गर्भपतन सेवालगायतको विषयमा सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
राइट हेयर राइट नाव र इटहरीस्थित युवा विकास केन्द्रको संयुक्त आयोजनामा परामर्श दिइएको हो । कार्यक्रममा युवाहरुलाई प्रजनन स्वास्थ्यका विभिन्न तत्वहरुको बारेमा जानकारी जानकारी दिँदै गर्भपतन र यसका रोकथामका उपायहरुको विषयमा परामर्श दिइएको थियो । 

समलिंगीहरु लैगिंक अल्पसंख्यक पनि समाजको अभिन्न अंग रहेको छलफलमा निश्कर्ष निकालिएको थियो । युवाहरुको सक्रिय सहभागितामा भएको कार्यक्रममा विविध विषयमा आफ्ना विचारहरु राखेका थिए । आधारभुत यौन शिक्षा स्कुलहरुमा उमेर र कक्षा सुहाउँदो पठयक्रममा राखिए युवामा हुने अपराध, असुरक्षित यौन व्यवहार, लैगिंक हिंसामा कमि ल्याउन मद्धत गर्ने सहभागीहरुले बताए ।

युवाहरुलाई प्रजनन् स्वास्थ्यको जानकारी दिँदै, यस विषयका समस्याहरु लाई सुधार गर्नको लागि सुझाव संलन गरी नीतिनिर्माण तहसम्म पुयाउने उद्देश्यले कार्यक्रम गरेको संयोजक चाम्लिङ्ग राईले बताइन् । कार्यक्रममा अरुण खड्का र रामकुमार धमलाले परामर्शकर्ताको रुपमा भूमिका निभाएका थिए ।

राइट हेयर, राइट नाव सञ्जाल अन्तरगत यीनै विषयमा नेपालका १५ संस्थाले वकालत गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया