युवराज विष्ट
भोजपुर । प्रहरीले सुरक्षा प्रदान गर्न भोजपुरको मुख्य वजार क्षेत्रको सात स्थानमा सीसी क्यामेरा जडान गरेको छ । यसरी क्यामेरा जडान गरिए पछि स्थानिय खुसी हुँदै अव वजार क्षेत्रमा अपराधिक क्रियाकलाप न्युनिकरण हुनेमा आसावादी वनेका छन् । साथै प्रहरीले पनि अपराध नियन्त्रणमा सहजता हुने वताएको छ ।
सदरमुकामको बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरिपछि वैक, वितिय सस्था तथा व्यापारीले सुरक्षाको अनुभुति गरेका छन् । प्रहरीले वजारवासीको सुरक्षा तथा अपराधिक क्रियाकलाप न्युनिकरण गर्ने उद्धेश्यले सीसी क्यामेरा जडान गरेपछि स्थानिय खुसी वनेका हुन् । उनीहरुले रातको समय हुने दुर्घटना तथा अन्य अपराधिक क्रियाकलाप नियन्त्रण हुने आशा व्यक्त गरेका छन्
वजार क्षेत्रको भिडभाड हुने तथा व्यस्त स्थानमा सात ओटा सीसी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । क्यामेरा नगरपालिको आर्थिक सहयोगमा ५ र स्थानिय बजारबासीको सहयोगमा २ वटा जडान गरिएको हो । सदरमुकामको चारभञ्ज्याङ देखि जिरोप्वाइन्ट सम्म सात स्थानमा क्यामेरा जडान भएका छन् । जसमा चारभञ्ज्याङ, जिल्ला प्रहरी कार्यालय छेउ, टुडिखेल मुनीको मोड, बैक रोड, चेङवेनि चोक र जिरो प्वाइन्टमा क्यामेरा जडान गरिएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरले नगरलाई शान्ती सुरक्षा कायम गर्न र
प्रहरीले वजार क्षेत्रमा सीसी क्यामेरा जडान गरी सुरक्षा दिनु रामो काम हो । तर यसको स्थायीत्वको लागि प्रभावकारी योजना वनाएर लाग्नु बजार क्षेत्रमा हुने दुर्घटना देखि अन्य क्रियाकलाप अनुगमन गर्ने उद्धेश्यका साथ क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी केशव कुमार थेवे जनाएको छ । पर्ने आवश्यकता छ । जसको लागि स्थानियसंगै प्रहरीले जर्गेणामा लाग्नु आवश्यक छ ।

तपाईको प्रतिक्रिया