विराटनगर । नेपाली काग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले केपी ओली नेतृत्वको सरकार अधिनायकबाद तर्फ उन्मुख भएको आरोप लगाएकाएका छन ।
नेपाल महिलासंघ मोरङले आज विराटनगरमा आयोजनागरेको काग्रेस जागरण कार्यक्रममा बोल्दै नेता कोईरालाले अनशन बसेका गोविन्द केसिलाई अस्पतालमा पसेर अपहरण शैलीमा उठाउनु , बालकृष्ण ढुङगेललाई आम माफिको नाउमा अपराधलाई मलजल गर्नु जस्ता क्रियाकलाबले सरकार अधिनायक बाद तर्फ उन्मुख भएको डा.शेखर कोईरालाको आरोप छ ।
त्यसैगरी काग्रेसका अर्का केन्द्रीय सदस्य अमृत अर्यालले काग्रेस एक ढिक्का हुनुको बिकल्प नभएको बताए । उनले ओली नेतृत्वको सरकारले जनताको ढाड सेक्नेगरी महगि बढाएको आरोपप लगाउदै जनताको जिवन चलाउन कठिन भईरहेको आरोप लगाए । जनताको अधिकार समाप्त गर्ने खेलभईरहेकाले प्रजातन्त्रको पक्षमा लड्न फेरी काग्रेस जाग्नु पर्ने केन्द्रीय सदस्य अमृत अर्यालले बताए ।
त्यसैगरी मोरंग काग्रेसका सभापती डिगबहादुर लिम्बुले प्रजातन्त्र जोगाउन काग्रेस मात्रै होईन सबै नेपाली एक हुनुपर्ने बताए । ओली नेतृत्वको सरकार अर्का श्री ४ भएको उल्लेख गर्दै त्यसले जनतालाई गर्ने दमन विरुद्धमा एक भएर लड्नु पर्ने बताए ।
कार्यक्रममा काग्रेस नेता केदार कार्की, डिला संग्रैला, मोदराज घिमिरे,नागेश कोईरालाको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया