विरेन्द्रकुमार साह
बिराटनगर  । महानगरका उपप्रमुख इन्दिरा कार्कीको अग्रसरतामा सुरू भएका कतिपय कार्यक्रमले निक्कै प्रशंसा बटुलेपछि उनले फेरी अर्को महत्वपूर्ण कार्यक्रम घोषणा गरेकी छन ।
कार्यभार सम्हालेको एक बर्षको छोटो अवद्यीमै छोरी बचाउ अभियान निक्कै लोकप्रिय बन्न पुगेपछि उपमेयर योजना कार्यक्रम अन्र्तगत छोरी पढाउँ अभिायन सुरू हुँदैछ । महानगरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका बालीकालाई लक्षीत गरेरे यो अभियान सुरू हुने उनले जानकारी दिईन । १ बर्षकै कार्यकालमा जनता विच निक्कै लोकप्रिय भैसकेकी कार्की कुरा भन्दा काममा बढी बिश्वास गर्छिन । पछिल्लो यो घोषणाले उनको लोकप्रियता अझै चुलिएको छ । जनप्रतिनिधिले जनता विच बाचा गरेका कतिपय कुरा पुरा गर्न नसकिरहेको बेला कार्कीको अग्रसरतामा भएका कतिपय कार्यले ठूलो सफलता प्राप्त गरेपछि उनलाई नगरबासीले भरोेसाको केन्द्रमा राखेका छन । छोरी पढाउँ अभिायन अन्र्तगत दोस्रो सन्तानको रूपमा छोरीनै जन्माएमा उच्च शिक्षा हासिल गर्न महानगरले २५ हजार रूपैया अग्रिम जम्मा गरिदिन्छ ।
उनले भनिन, पहिलो सन्तान छोरी भएको हुनुपर्छ र दोस्रो सन्तान छोरी भएर १ महिना भित्रमै जन्म दर्ता गरेपछि महानगरले अध्यय्न गर्नकै लागी २५ हजार जम्मा गरिदिन्छ । यो अभियान विपन्न परिवारलाई लक्षीत गरेर ल्याईएको हो उनले थपिन , “ आर्थिक अभावले बालीकाहरू पढनबाट बन्चित हुन नपरोस भन्ने ध्येय् राखेर उपमेयर योजना कार्यक्रम ल्याइएको उपमेयर इन्दिरा कार्की जानकारी दिईन । तर यसका लागी महानगरले शर्त पुरा गरेका अभिभावलाई मात्र २५ हजार नगद जम्मा गर्ने जनाएको छ । पे्रगेन्ट भएका महिलाले बच्चा जन्मिनु अघि कम्तिमा ७ पटक स्वास्थ्य जाँच गरेको हुनुपर्छ । कुनै पनि स्वास्थ्य संस्थामा जाँच गरेको प्रमाण पत्र पेश गरेपछि नगद २५ हजार जम्मा हुन्छ । सामुदायिक विद्यालयमा अध्ययन भएका बालीकालाई मात्र यो योजना अन्र्तगतको रकम उपलब्ध गराईने उनले बताईन । विद्यालय छात्र मैंत्री बनाउन महानगरले नगरक्षेत्रका सवै सरकारी विद्यालयमा अध्यनरत् छात्रालाई सेनेटरी प्याड निशूल्क उपलब्ध गराउने र महिला मैंत्री शौचालय निर्माण गर्ने तयारी गरेको छ । महिनावारी भएका वालीकाहरू विद्यालय सहजै जान सकुन भनेर सेनेटरी प्याड निशूल्यक वितरण गर्न लागिएको हो कार्कीले भनिन , “यसका लागी महानगरले यो बर्ष १० लाख रूपैया बजेट विनियोजन गरिसकेको छ । ”

तपाईको प्रतिक्रिया