इटहरी । पुर्वका च्याउ किसानहरुले राज्यले सहयोग नगरेका कारण पलायन हुनु पर्ने अवस्था आउन लागेको गुनासो गरेका छन ।सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरि व्यवसायीक रुपमा च्याउ खेतीका लागि प्रविधि , तालिम ,विमाको सुविधा जस्ता कुरामा राज्यले ध्यान दिन नसक्दा च्याउ किसानहरु पलायन हुनु पर्ने अवस्था आउन लागेको गुनासो गरिएको हो । च्याउ खेतीमा युवाहरुको आकर्षण बढी रहेपनि राज्यले च्याउ खेती प्रति आकर्षण वढाउने खालका कार्यक्रमहरु ल्याउन नसक्दा युवाहरु युवाहरु पलायन हुनु पर्ने अवस्था आउन लागेको च्याउ उत्पादक किसान संघका केन्द्रीय सचिव सरोज नेपालले गरे । उनले कृषि क्षेत्रको विकासका लागि भनेर ल्याइएको प्रधान मन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तरगतको रकम समेत कटौती गरिएको आरोप समेत लगाए । मोरगंको बुढीगंगा गाँउपालिकाले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगतको १६ लाख ३० हजारलाई कटौती गरी जम्मा कृषि क्षेत्रका लागि ३५ लाख मात्र विनियोजन गरेको समेत दावी गरे ।

प्त्रकार सम्मेलनमा अर्का च्याउ किसान इन्द्र तिमल्सेनाले सरकारी स्तरबाट परिक्षण र गुणस्तरीय विउ व्यवस्थापनको काम गरिनु पर्ने , अनुदान र सहयोगको सट्टा तालिम तथा प्रविधि भित्र्याउनु पर्ने माग राखे । त्यसै गरी उनले विमा नाम मात्रको भएकाले व्यवहारिक रुपमा विमा लागु गरिनु पर्नेमा जोड दिए । पुर्वमा च्याउको माग र उत्दान समेत वढी रहेको समयमा त्यसलाई व्यवस्थित वनाउने तर्फ सरकारी निकायहरुको ध्यान जानु पर्ने च्याउ किसानको बुझाई रहेको छ ।

तपाईको प्रतिक्रिया